alliance khabar

सोमबार, चैत्र ११, २०८१

पश्चिम नवलपरासी, चैत ११ ।

 हरेक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दै गएको पश्चिम नवलपरासीमा १३ जनाको मृत्यु भएको छ । दुई वर्ष अगाडि क्षयरोग पहिचान भएका उनीहरूको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृत्यु भएका सबै वृद्ध अवस्थाका व्यक्ति हुन् । क्षयरोग लागेको ढिलो पहिचान भई उपचारको दायरामा आउन नसक्दा उनीहरूको मृत्यु भएको जनस्वास्थ्य अधिकृत जान मोहम्मद पठानले बताउनुभयो ।

जिल्लामा क्षयरोगीको उपचारदर ९३ प्रतिशत मात्र सफल भएकाले रोगीको पहिचान गरी समयमै उपचारको दायरामा ल्याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । जिल्लामा हरेक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दो छ । पछिल्लो ६ महिनामा दुई सय एक जनामा क्षयरोग रोग भेटिएका छन् ।

उनीहरूले जिल्लाका विभिन्न ६१ स्थानमा रहेको डट्स केन्द्रबाट औषधी खाइरहेका छन् । ग्रामीण भेगमा पुगेर शङ्कास्पद व्यक्तिको परीक्षण गर्नेक्रम बढेपछि रोगीको सङ्ख्या पनि वर्षेनी बढ्दो रहेको छ ।

आर्थिक वर्ष २०७९÷८० मा चार सय सात जना क्षयरोगी भेटिएकोमा गत आर्थिक वर्षमा पाँच सय २० नयाँ क्षयरोगी भेटिएका थिए । चालु आर्थिक वर्षमा पनि खोजपड्ताल कार्यक्रम सञ्चालन गरी आठ सय रोगी पत्ता लगाउने लक्ष्यको साथ काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख भेषराज शर्माले बताउनुभयो ।

पछिल्लो छ महिनाको अवधिमा गरिएको परीक्षणका क्रममा रामग्राम नगरपालिकामा ४३, बर्दघाट नगरपालिकामा ४२, सुनवल नगरपालिकामा ३३, सरावल गाउँपालिकामा २७, पाल्हिनन्दन गाउँपालिकामा २४, प्रतापपुर गाउँपालिकामा १५ र सुस्ता गाउँपालिकामा १५ जना रोगी भेटिएका छन् ।

ढिलो गरेर रोगको परीक्षण गर्ने र पुरा समय औषधी सेवन नगरेर स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने समस्या सीमावर्ती पालिकामा बढि देखिएको छ । जिल्लामा औषधी सेवन गर्दागर्दै बिचमै छाडेर १४ जना रोगी सम्पर्कविहीन भएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ । स्थानिय तहले क्षयरोगका विषयमा समुदायमा पुगेर सचेतनाका अभियान सञ्चालन गर्नुपर्नेमा पनि स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले रोगको पहिचान गर्न बजेट विनियोजन गरेर जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल