alliance khabar

मंगलबार, चैत्र १२, २०८१

कालीकोट, चैत १२ गते ।

 कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्रशंसा नगरेको भन्दै नियमविपरीत सरुवा गरेको आरोप लगाइएको छ । नगरप्रमुख गाउँमा हिँड्दा, विद्यालयमा जाँदा भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट नगरेको भन्दै शिक्षक बराललाई सरुवा गरेको पाइएको हो ।

शिक्षक बरालले आफूहरूले व्यक्तिगत प्रशंसा गर्न नसकेको र त्यसैका आधारमा दैनिक धम्क्याउने मात्र होइन, शिक्षा समितिको निर्णयविपरीत सरुवा गर्ने गरेकोप्रति आपत्ति जनाउनुभयो । शिक्षक बरालसहित खेमराज बराललाई पनि नगरप्रमुख शाहीले सरुवा गर्नुभएको हो । शिक्षा समितिको बैठकमा व्यक्तिगत आग्रह पूर्वाग्रहले विद्यालयमा राम्रो गरिरहेका शिक्षक बरालद्वयलाई नगरप्रमुख शाहीले शाखालाई तुरुन्त सरुवा गर्न निर्देशन दिनुभएको थियो । शिक्षकले पाउने सेवाबाट दुई हजारदेखि सात हजार रुपियाँसम्म तलब कटौती गर्नेदेखि माओवादी आस्थाभन्दा फरक आस्था राख्ने शिक्षकमाथि अन्याय भइरहेको अन्य कर्मचारी बताउँछन् ।

शिक्षक बराललाई यसअघि मोतीराम माध्यमिक विद्यालयको प्रअबाट सरुवा गरेर उक्त ठाउँमा माओवादी आस्थावान् अमरनाथ योगीलाई प्रअको जिम्मेवारी दिइएको थियो । कालाशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक आशा केसी धमलालाई हटाइएको छ । बडीमालिका माध्यमिक विद्यालयलाई जिल्लाकै नमुना बनाउने प्रअ पुष्पराज बराललाई समेत सरुवा गर्ने नगरप्रमुखको योजना थियो । उहाँलाई सरुवा गरेर अरूलाई ल्याउँदा विद्यालयका सबै उपलब्धि गुम्ने भनी उहाँकै पार्टी माओवादीका नेताले सुझाव दिएपछि बराललाई यथावत् राखिएको जनाइएको छ ।

शिक्षा ऐन र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गाउँ शिक्षा समितिलाई सरुवाको अधिकार दिएको छैन । अति आवश्यक परेमा सिफारिस गर्ने मात्र अधिकार छ तर अन्तिम निर्णय दिने अधिकार प्रदेशका शिक्षा विकास निर्देशनालय तथा शिक्षा समन्वय एकाइको हो ।

रास्कोट नगरपालिकाका प्रमुख शाहीले यसअघि पनि शिक्षकलाई जथाभाबी सरुवा गर्दै आफ्नो पार्टीमा आस्था राख्ने सबै शिक्षकलाई जिम्मेवारी दिनुभएको थियो । नगरप्रमुख शाहीको निर्देशनमा गरिएको समितिको निर्णयविरुद्ध उच्च अदालतमा मुद्दासमेत परेको छ । तर मुद्दा अगाडि नबढाउन निवेदक पक्षलाई सहमति गर्ने आश्वासन दिए पनि सरुवा बदर गर्न भने नगरप्रमुख शाहीले मान्नुभएन । शिक्षक सरुवा गर्दा करारलाई मात्र गर्ने अधिकार गाउँ शिक्षा समिति अर्थात् नगर शिक्षाको हो तर रास्कोटमा मनलाग्दी चलिरहेको छ । यता शिक्षा शाखा प्रमुख खेमराज शाहीले आफूलाई सरुवा गर्ने निर्देशन आएकाले गरेको र किन के कारण भन्ने कुरा नगरप्रमुखलाई नै जानकारी हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल