alliance khabar

मंगलबार, चैत्र १२, २०८१

दुल्लु, चैत १२ गते ।

दैलेखमा विद्युतीय गाडी दुर्घटना हुँदा चारजना घाइते भएका छन् । दैलेख सदरमुकामबाट आठबीस नगरपालिका जादैँ गरेको कर्णाली प्रदेश ०२–००१ ज ०६२१ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । दुर्घटनामा परी घाइते हुने सबै विद्यार्थी हुन् । आज भएको विज्ञान विषयको पुरक परीक्षा दिएर घर फर्कंदै गरेका चारजना विद्यार्थी घाइते भएका हुन् ।

मध्यपहाडी राजमार्ग अन्तर्गत भैरवी गाउँपालिका–२ रावतकोटको गालुगाउँ चौतारा नजिक  तीव्र गतिका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते हुनेहरुमा ठाँटिकाँध गाउँपालिका ५ का १८ वर्षीय हिक्मत शाही, १८ वर्षीया जलधरा शाही, १८ वर्षीया शर्मिला विश्वकर्मा र आठबीस नगरपालिका ८ का १८ वर्षीय बहुविर शाही हुनुहुन्छ ।

घटना लगतै स्थानीबासीले घाइतेहरुकोे उद्धार गरी भैरवी गाउँपालिकाको गाडीमा उहाँहरुलाई दैलेख अस्पताल ल्याइएको थियो ।

दैलेख अस्पतालमा उपचारपछि हिक्मत शाही डिस्चार्ज हुनु भएको छ भने अन्य घाइते तीनजनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको छ ।

गाडी सडकबाट झण्डै दश पन्ध्र मिटर तल खसेको छ । गाडी चालक फरार रहेको र खोजी कार्य जारी रहेको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल