alliance khabar

बुधबार, चैत्र १३, २०८१

काठमाडौं, चैत १३ गते।

त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस त्रि–चन्द्र बहुमुखी क्याम्पस, घण्टाघरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्योलमा छ। त्रिविले देशैभरका आङ्गिक क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेको थियो।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीका अनुसार हालसम्म त्रिविका ४४ वटा आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ। उहाँले वीरगञ्जस्थित ठाकुरराम क्याम्पसमा निर्वाचन सम्पन्न पश्चात् पनि मतगणना सुरु हुन नसकेको जानकारी दिनुभयो।

उहाँका अनुसार तोकिएको मिति चैत ५ गतेपछि १५ दिनसम्म स्ववियु निर्वाचन गर्न सकिने गरी मिति तय भएको छ। स्ववियुको प्रत्यक्षतर्फको निर्वाचनपछि समानुपातिकतर्फको निर्वाचन प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ।

त्रि–चन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. निलम श्रेष्ठ प्रधानका अनुसार स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता, मतपत्र छपाइ एवम् प्रशासनिक सबै काम सम्पन्न भइसकेको छ। स्ववियु निर्वाचनमा भोट खसाल्ने काम मात्रै बाँकी रहेको अवस्थामा समेत स्ववियु निर्वाचन हुन नसकेको उहाँको भनाइ छ।

चैत ५ गते निर्वाचन हुन नसकेपछि त्रि–चन्द्र क्याम्पसले स्ववियु निर्वाचनको मिति चैत १३ गते सारेको थियो। तर, बुधबार पनि स्ववियु निर्वाचन हुन सकेन।

प्रा.डा.प्रधानले भन्नुभयो, “चैत ५ गते निर्वाचन गर्ने भनियो त्यो दिन हुन सकेन। अनि चैत १३ गतेमा गर्ने भनियो। आज पनि कसैले चुनाव गर्ने, कसैले नगर्ने भन्छन्। हामीले केही गर्नै सक्दैनौं। मेन गेटमा ताला लगाएपछि चुनाव हुने कुरै भएन।”

उहाँले त्रि–चन्द्रमा ताला खुलाउनका लागि त्रिविका उपकुलपति, रेक्टर र गृह मन्त्रालयसमक्ष अनुरोध गरिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “विद्यार्थी सङ्गठनले ढोकामा विज्ञप्तिहरु टाँसेको छ। सुरक्षाका लागि पनि हामीले अनुरोध गरेका छौं। प्रशासनको टिम भिसी र रेक्टरकोमा भेट्न गयौं। गृह मन्त्रालयबाट ताला खोल्न अनुरोध पनि भयो। तर ताला खोल्न कसैले आँट गर्नुभएन।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल