alliance khabar

बिहिबार, चैत्र १४, २०८१

सुलीकोट, चैत १४ गते ।

गोरखाको बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका – १ का १६ वर्षीय युनिश गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरुघाट गाउँपालिका – ४ स्थित थुमिमा एसइई दिएर बुधबार साँझ बुढीगण्डकी नदीमा पौडी खेल्न गएका थिए ।

बुधवार बेलुका ७ बजेको समयमा थुमिस्थित बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बुढीगण्डकीले बगाएछ, प्रहरी नायब उपरीक्षक सुबेदीले भन्नुभयो, “हामीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाट र प्रहरी चौकी आर्खेतबाट गएको प्रहरी टोली घटनास्थल तर्फ पुगी खोजतलासमा खटियो ।”

खोजतलासको क्रममा स्थानीय र प्रहरीको संयुक्त टोलीले बगाएको स्थानदेखि करिब एक किलोमिटर तल गुरु मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक सुबेदीको भनाई छ । उक्त घट्नाबारे प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी मृतककाे शवलाई पोस्टमार्टमका लागि राती १२ बजे जिल्ला अस्पताल गोरखामा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

त्यस घट्नाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल