मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आजको दिन मनोरञ्जनपूर्ण र उत्साहजनक रहनेछ । कामकाजबाट सजिलै फुर्सद पाइनेछ र मनमा सन्तोषको अनुभूति हुनेछ । व्यापार तथा रोजगारीका क्षेत्रमा लाभ प्राप्त हुने सम्भावना छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
काम प्रति मन एकदमै लाग्नेछ । व्यवसायमा थप लगानी गर्ने अवसर मिल्नेछ । वैदेशिक कामकाजबाट फाइदा मिल्नेछ । अप्रत्याशित लाभका सम्भावना छन्, साथै नयाँ कामका अवसरहरू पनि फेला पर्न सक्छन् ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
परेशानी दिने व्यक्तिहरू सक्रिय हुन सक्ने हुँदा सतर्क रहनुहोस् । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ । धन नाशको योग देखिन्छ । अनावश्यक झमेलामा नफसिने प्रयास गर्नुहोस् । खानपानमा सावधानी अपनाउनु उपयुक्त हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
अन्न तथा कृषि सम्बन्धी कार्यमा लाभ प्राप्त हुनेछ । साथ साथै अरूको सहयोग र समर्थन पाउने दिन हो । रमाइलो शैलीमा कार्यहरू सम्पन्न गर्न सकिनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ प्राप्त हुने सम्भावना छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आर्थिक क्षेत्रमा प्रगति हुनेछ । अकल्पनीय स्थानबाट धन प्राप्त हुन सक्छ, जसले मन हर्षित बनाउनेछ । योजना अनुसार भन्दा बढी लाभ मिल्नेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लगाउने प्रेरणा जाग्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
पैसा कमाउने राम्रो अवसर छ । लामो दूरीको यात्राको सम्भावना देखिन्छ । साथीभाइ तथा परिवारबाट सुख र शान्तिको अनुभव हुनेछ । यात्राबाट पनि लाभ मिल्नेछ, साथै आर्थिक लाभको योग प्रबल छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यर्थका खर्चहरूले मन पिरोल्न सक्छ । नसोचेको स्थानमा खर्च बढ्ने सम्भावना छ । आर्थिक पक्षमा चुनौती आउन सक्छ, साथै मनमा चिन्ता बढ्न सक्नेछ । धनमाल हराउने सम्भावना पनि देखिन्छ, सतर्क रहनुहोस् ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
प्रिय व्यक्तिसँगको भेटले मन हर्षित बनाउनेछ । यद्यपि खर्चमा वृद्धि हुन सक्छ र लेनदेनका मामिलामा विवाद बढ्न सक्छ । भाग्यको साथ कम हुन सक्ने हुँदा संयमता अपनाउँदै काम गर्नु बुद्धिमानी हुनेछ ।
धनु ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
बचत हुने प्रवल सम्भावना देखिन्छ । नयाँ कामका योजना बन्नेछ । व्यापारमा सफलता मिल्नेछ र यात्राको अवसर पनि प्राप्त हुनेछ । योजनाबद्ध रूपमा अघि बढ्दा राम्रो नतिजा मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
नयाँ योजनाहरू बन्नेछन् । कार्यहरू रमाइलो ढंगले सम्पन्न हुनेछन् । पशुधन तथा जमिनबाट पनि लाभ प्राप्त हुनेछ । अधुरा कार्यहरू पूरा हुनेछन् । जागिर तथा राजनीतिमा सफलता प्राप्त गर्ने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आगो र मेसिनरी सामग्रीबाट सावधान रहनुहोस् । वादविवादमा परिन सक्छ, धैर्य अपनाउनु राम्रो हुनेछ । आजका योजना पूर्णरूपमा कार्यान्वयन नहुन सक्छन् । यद्यपि परिश्रमले काममा रुचि बढ्नेछ र आर्थिक क्षेत्रमा सुधार आउनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मान–सम्मान प्राप्त भए पनि मनमा अलिकति त्रास रहने सम्भावना छ । स्वास्थ्यको दृष्टिले समय सकारात्मक छ । आर्थिक लाभ प्राप्त हुनेछ । व्यापारमा सफलता मिल्नेछ र यात्रा तथा सामाजिक भेटघाटमा सहयोग पाउने योग देखिन्छ ।