alliance khabar

शुक्रबार, चैत्र २९, २०८१

मुक्तिनाथ (मुस्ताङ), चैत २९ गते । 

उपल्लो मुस्ताङका व्यापारीले चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाकाबाट घरायसी प्रयोजनका लागि मात्र नभई व्यावसायिक रूपमा सहज हुने गरी सामान ढुवानीको वातावरण बनाउन आग्रह गरेका छन् ।

लत्ताकपडा, खाद्यवस्तु, घरायसी सामग्रीलगायतका वस्तुको आयात गरिए पनि व्यावसायिक रूपमा ल्याउन देखिएको समस्या समाधानका लागि  स्थानीय तहलाई माग गरेपछि ल्होमन्थाङ गाउँपालिकाको आयोजनामा छिमेकी लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका जनप्रतिनिधिसहित सर्वदलीय, सर्वपक्षीय छलफल हुने भएको हो ।

आगामी चैत २९ गते ल्होमन्थाङ गाउँपालिकामा हुने छलफलमा नाका खुलेको एक वर्ष बितिसक्दा समेत व्यापारीले बिक्री प्रयोजनका लागि आवश्यक सामान ढुवानीमा सहज वातावरण बनाउन अनुरोध गरेपछि छलफलको आयोजना गरिएको ल्होमन्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले बताउनुभयो । प्रशासकीय अधिकृतले भन्नुभयो, “माथिल्लो क्षेत्रका व्यापारीले भन्सार तिरेर बिक्री गर्ने सामान ल्याउने वातावरण बनाउन अनुरोध गर्नुभएको थियो, उहाँहरूसँगै बसेर छलफलपछि थप प्रक्रिया अगाडि बढाउँछौँ ।” उपल्लो मुस्ताङका सानाठुला व्यापारीले चीनबाट ढुवानी गरिएको सामान बिक्री प्रयोजनका लागि नेपालका विभिन्न क्षेत्रमा पठाउन सकिने बताउँदै आएका छन् ।

अहिले मुस्ताङका व्यापारीले घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायतका सामान ढुवानी गर्ने गरेको र नाका क्षेत्रको भ्रमणमा गएकाले पास लिएर चिनियाँ भूभागमा पुगेर घरायसी सामग्री खरिद गर्न पाउँछन् । ल्होमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, अध्यागमन, भन्सार, सुरक्षा निकायसहित जनप्रतिनिधिको भेलाबाट व्यापारीलाई सहज हुने गरी छलफल हुने बताउनुभयो ।

कोरला नाकामा अध्यागमन र  भन्सार कार्यालयमा जनशक्ति र पूर्वाधारको अभावले समेत स्थानीयवासीलाई आवतजावत तथा सामान ढुवानीमा समस्या भएको छ । कोरला नाकामा नेपाल टेलिकमले फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा तथा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको अवस्थामा अब आवश्यक संरचना बनाउनसमेत सरकारी निकायबाट उच्च प्राथमिकता दिनुपर्ने स्थानीयवासीको माग छ ।

कोरला नाका भएर चीनको नेचुङ–लिजी बजार आवतजावत गर्न पहिले जस्तो सहज नभएको त्यहाँ पुग्ने नेपालीको भनाइ छ । चिनियाँ पक्षले अब पासभन्दा पनि अध्यागमन कार्यालय स्थापना भएकाले प्रक्रियाबाट आउन मुस्ताङीलाई अनुरोध गर्ने गरेको छ ।

समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरला नाकामा ल्होमन्थाङ, बारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लो–घेकरदामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीसम्म व्यापार गर्न नियमित रूपमा आवतजावत गर्दै आएका छन् । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएसँगै तिब्बतका खम्पा नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल