मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
विगतका सफलताले नयाँ कार्यप्रति हौसला मिल्नेछ । प्रेरणादायी व्यक्तिहरूको साथले रचनात्मक काममा संलग्न हुन सकिनेछ । आयआर्जनका स्रोतहरू विस्तार हुनेछन् र दैनिक कार्यमा पनि फाइदा मिल्नेछ । चिताएको काम पूरा हुँदा मन प्रसन्न हुनेछ । यद्यपि, केही काममा अवरोध आउने सम्भावना पनि देखिन्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
नयाँ कामको प्रस्ताव आउनेछ र पहिलेका कमजोरीहरू सुधार गर्ने अवसर प्राप्त हुनेछ । मनग्य धन आर्जन हुनेछ र विश्रामका लागि पनि समय निकाल्न सकिनेछ । परिवारजनको साथले उत्साह थपिनेछ । तथापि, सहयोगीहरू पछि हट्न सक्छन् र प्रतिस्पर्धीहरूले समस्या सिर्जना गर्न सक्छन् ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
निराश भइसकेको काम बन्ने संकेतले आत्मबल बढाउनेछ । उपलब्धिको नयाँ स्रोत पहिचान गर्न सकिनेछ । तर, अरूका काममा समय खर्चनुपर्नेछ । अवसरका लागि जोखिमपूर्ण निर्णय गर्नुपर्ने हुन सक्छ । जिम्मेवारी बढे पनि तत्काल लाभ उठाउन गाह्रो पर्न सक्छ । खानपानमा लापरबाही नगर्नुहोला, स्वास्थ्य प्रभावित हुन सक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
शुभचिन्तकहरूको सुझाव अवज्ञा गर्दा समस्यामा पर्न सकिनेछ । अरूको भर पर्नाले धोका पाइने सम्भावना छ । मेहनतको राम्रो फल प्राप्त हुनेछ र परिवारजनका आवश्यकता पनि पूरा हुनेछन् । दीर्घकालीन फाइदा दिने काममा लगानीको अवसर मिल्नेछ । विश्वासिला सल्लाहहरूको कदर गर्नु उपयुक्त हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
खर्चिलो भए पनि टाढाको यात्रा गर्ने सम्भावना देखिन्छ । दीर्घकालीन लाभ हुने योजनामा लगानीको अवसर मिल्नेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुने समय हो । आम्दानी सन्तोषजनक रहनेछ । सुख दु:खमा साथ दिनेहरू पाउनेछौं । यद्यपि, अरूको भरमा मात्रै भर पर्नु नहुने समय हो ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
धन, सम्पत्ति र भौतिक सुविधाको प्राप्ति हुने समय छ । गरिएको कामको सकारात्मक मूल्याङ्कन हुनेछ । व्यापार तथा साझेदारीबाट लाभ मिल्नेछ । प्रेम र मित्रता प्रगाढ बन्नेछ भने वैवाहिक जीवनमा सुखद क्षण बित्नेछन् । रमाइलो यात्राको अवसर पनि जुर्न सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
वादविवादमा फस्ने सम्भावना भएकाले बोल्ने क्रममा सतर्कता आवश्यक छ । आँट नहुँदा योजना कार्यान्वयनमा कठिनाइ आउन सक्छ । छरछिमेकसँग असमझदारी बढ्न सक्छ, त्यसैले समझदारीपूर्वक काम गर्नुहोला । आर्थिक अभावले पहिल्यै सम्पन्न काम दोहोर्याउनु पर्ने अवस्था आउन सक्छ । यद्यपि, बुद्धिको प्रयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
चुनौतीहरूको सामना गर्दै रोकिएका कामहरू सम्पन्न गर्न सकिनेछ । फाइदाको पछाडि लाग्दा पुराना साथीभाइ टाढिन सक्छन् । कामको सिलसिलामा प्रभावशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जितिए पनि आफ्नै नजिकका व्यक्तिबाट धोका पाइने संकेत छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
जटिल परिस्थिति भएपनि लगनशीलताले फाइदाको अवसर ल्याउनेछ । गोपनीयताको ख्याल गर्नुपर्ने समय हो । समयमै सजग नहुँदा शुभचिन्तकहरू पनि टाढिन सक्छन् । तथापि, निरन्तर प्रयासले सफलता हात पार्न सकिनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
विछोडिएका आफन्तसँग भेटघाटको अवसर मिल्नेछ । स्वादिष्ट भोजन र रमाइलो जमघटले मन प्रफुल्ल पार्नेछ । अधिकारका लागि केही संघर्ष गर्नुपर्ने भएपनि अन्तत: सफलता मिल्नेछ । फजुल खर्च बढ्न सक्छ । परिश्रमले विशिष्ट उपलब्धि र मान सम्मान दिलाउने समय हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
स्वास्थ्यमा कमजोरी महसुस हुन सक्छ । केही बाध्यात्मक कार्यमा संलग्न हुनुपर्ने परिस्थिति आउन सक्छ । सहयोगको आश देखाउनेहरूले झुक्याउन सक्छन् । यद्यपि, दृढ संकल्पले समस्याहरू सुल्झाउन सकिनेछ । लामो समयदेखि रोकिएको काम बन्नेछ र प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
कामको सिलसिलामा प्रभावशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको प्रयोगले धेरैलाई आफ्नो पक्षमा ल्याउन सकिनेछ । काम पूर्ण रूपमा सफल नभएपनि आंशिक फाइदा हुनेछ । सामाजिक जिम्मेवारी पूरा गर्दै लाभदायक अवसर हात पार्न सकिनेछ । प्रतिस्पर्धीहरूबाट अप्ठ्यारो आउन सक्छ भने खर्च पनि बढ्नेछ ।