alliance khabar

सोमबार, बैशाख ०८, २०८२

सोलुखुम्बु, वैशाख ८ गते ।

 सोलुखुम्बुको थामेमा भोलि (वैशाख ९ गते) हुन लागेको आरोही सम्मेलन समिटर्स समिटमा सहभागी हुन एक टोली आज थामे प्रस्थान गरेको छ।

‘जलवायु न्यायका क्षेत्रमा काम गर्दै आएको साथसाथै’ संस्थाले आयोजना गर्न लागेको यो सम्मेलन नेपाल सरकारद्वारा जेठ २ देखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्व कार्यक्रमका रूपमा लिइएको छ। साथसाथै’ संस्थाकी अध्यक्ष प्रजिता कार्कीका अनुसार आज प्रस्थान गरेको टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त आरोही, जलवायु र पर्यटन विज्ञहरू तथा विभिन्न तहका सरकारी प्रतिनिधिहरू सहभागी छन्।

नेपाल सरकारका मन्त्रीसहितको अर्को टोली भने भोलि हेलिकप्टरमार्फत थामे पुग्ने कार्यक्रम रहेको छ। सम्मेलनमा सगरमाथा आरोहण गरेकी कतारकी राजकुमारी आस्मा अल थानी, ३१ औं पटक सगरमाथा आरोहण गरेका विश्व कीर्तिमानी कामी रिता शेर्पा, मिङ्मा डेभिड शेर्पा, कान्छो सगरमाथा आरोही तेम्वा छिरी शेर्पा, माया गुरुङलगायतका प्रतिष्ठित आरोहीहरूको उपस्थिति रहने बताइएको छ।

सम्मेलनमा स्थानीयवासी र गत वर्ष थामे क्षेत्रमा हिमपहिरोका कारण प्रभावित भएका पीडितहरू समेत सहभागी हुने आयोजकले जनाएको छ। उक्त सम्मेलनमा जलवायु परिवर्तन, पर्यटन र हिमाली जीवनशैलीका विविध पक्षमा समूहगत छलफल हुनेछ।

साथसाथै संस्थाले नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश सरकार, खुम्बु पासाङ ल्हामु गाउँपालिकासँगको सहकार्यमा यो कार्यक्रम गर्न लागेको जनाएको छ । सहआयोजक संस्थाहरूमा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, टेवा, नेप्लिज युथ फर क्लाइमेट एक्सनलगायत छन्। नेपाल सरकारले वैशाख ९ गते थामेमा आयोजना गर्न लागेको ‘समिटर्स समिट’लाई सगरमाथा संवादअन्तर्गतको महत्वपूर्ण पहलको रूपमा लिएको छ।

‘हिमाल, जलवायु परिवर्तन र मानवताको भविष्य’ भन्ने मुख्य नारासहित सगरमाथा संवादमा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहनेछ। कार्यक्रमका प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, अन्तरास्ट्रिय पत्रकार महासंघ एसिया प्रसान्तका कार्यकारी सदस्य बद्री सिग्देलसहितको टोली खुम्बु पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल