alliance khabar

मंगलबार, बैशाख ०९, २०८२

काठमाडौं, वैशाख ८ गते –

नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) राष्ट्रिय समितिका अध्यक्ष योगेन्द्र कुमार कुँवरले जलवायु परिवर्तनको मारमा अनौपचारिक क्षेत्रका महिला श्रमिकहरू रहेको बताउनुभएको छ।

नेपाल ट्रेड युनियन कांग्रेस जलवायु परिवर्तन तथा न्यायोचित रूपान्तरण सेलले आयोजना गरेको जलवायु परिवर्तन न्यायोचित रूपान्तरण एनडिसी ३.० नीति संवाद कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले जलवायु संकटले सिर्जना गर्ने असरहरू सबैका लागि समान नभएको भन्दै श्रमिक वर्ग, विशेषतः महिला श्रमिकहरू, झन बढी मारमा परेको तथ्य प्रस्तुत गर्नुभयो। “महिला कामदारहरू, विशेषतः अनौपचारिक क्षेत्रका श्रमिकहरू , जलवायु परिवर्तनका कारण रोजगारी, स्वास्थ्य र जीविकोपार्जनमा प्रत्यक्ष असर व्यहोर्न बाध्य भएका छन्,” उहाँले बताउनुभयो।

अध्यक्ष कुँवरले नेपाल सरकारले राष्ट्रिय रुपमा प्रस्तुत गरेको नेसनली डिटर्मिन्ड कन्ट्रिब्युसन (NDC) मा ‘न्यायोचित रुपान्तरण’ (Just Transition) लाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले जलवायु अनुकूल श्रम बजार, हरित रोजगारी तथा सामाजिक सुरक्षा जस्ता विषयलाई केन्द्रमा राखेर नीति निर्माण र कार्यान्वयन गर्न आग्रह गर्नुभयो।

“हामी श्रमजीवी हौं, हाम्रो योगदान जलवायु परिवर्तनमा न्यूनतम छ, तर असर हामीमाथि चरम छ। यस्तो अवस्थामा नीति निर्माण तहमा श्रमिकहरूको आवाजको प्रभावकारी सुनुवाइ हुनुपर्छ,” उहाँले बताउनुभयो।

अध्यक्ष कुँवरले नेपालजस्ता साना, विकासोन्मुख राष्ट्रहरूको कार्बन उत्सर्जनमा योगदान अत्यन्त न्यून रहे पनि जलवायु संकटका कारण उच्च जोखिममा रहेको अवस्थालाई स्मरण गराउँदै अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु न्यायको मागलाई मजबुत तरिकाले उठान गर्नुपर्ने बताउनुभयो।

उहाँले जलवायु परिवर्तनको असरबाट प्रभावित समुदायहरूको सुरक्षा, क्षतिपूर्ति तथा दिगो जीविकोपार्जन सुनिश्चित गर्न विश्व समुदाय र विकास साझेदारहरूलाई उत्तरदायी बनाउनु आजको टड्कारो आवश्यकता भएको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही , कार्यक्रमका विशिष्ट अतिथि नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय अध्यक्ष योगेन्द्र कुमार कुँवर ,कार्यक्रमका सभापति नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव बलदेव तामाङ( जलवायु परिवर्तन तथा न्यायचित रूपान्तरण सेलका प्रमुख) , नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका पदाधिकारी तथा सदस्यहरू, नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध २७ वटै आबद्ध सङ्घका अध्यक्ष लगायत पदाधिकारीहरू, प्रदेश अध्यक्ष तथा पदाधिकारीहरू, जिल्ला अध्यक्ष तथा पदाधिकारीहरू, लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल