Alliancekhabar

सोमबार, भाद्र २५, २०८०

कास्की, २५ भदौ :  पोखराको लामाचौरमा हरितालिका तीजका अवसरमा २५औँ संस्करणको तीज महोत्सवसहित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा संस्थाको २७औँ वार्षिक उत्सवका अवसरमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा यही भदौ ३० देखि असोज १ गतेसम्म महोत्सवसहित भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । ‘मौलिक संस्कृतिको जगेर्ना गरौँ’ नारासहित सो महोत्सव गर्न लागिएको हो । भलिबलमा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहने समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिनुभयो ।

महिलातर्फ एपिएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेष्ट भलिबल क्लब बुटवल तथा पुरुषतर्फ मणिमुकुन्द भलिबल क्लब बुटवल, एपिएफ क्लब, नेपाल पुलिस क्लब, गलकोट स्पोर्टस् क्लब बागलुङ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमले क्रमशः रु एक लाख ५० हजार एक सय ११, रु एक लाख एक सय ११ र रु ५० हजार एक सय ११ प्राप्त गर्नेछन् । अन्तर विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता र अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवका आकर्षण हुन् ।

तीज गीत प्रतियोगितामा प्रथमलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार, तृतीयलाई रु २० हजार र सान्त्वनालाई रु १० हजार तथा अन्तरविद्यालयस्तरीय लोक नृत्यमा प्रथम, द्धितीय र तृतीय हुने टोलीलाई क्रमशः रु ४० हजार, रु २५ हजार रु १५ हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । भलिबल हेर्न चार हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल