Alliancekhabar

आइतबार, भाद्र ३१, २०८०

काठमाडौँ, ३१ भदौ : सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले जानकारी दिनुभयो ।

समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ ।

उक्त समितिले अहिले नै वार्ताका लागि चिकित्सकलाई आवहनसमेत गरिसकेको छ । चिकित्सकमाथिको आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै आज देशभरिका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा सङ्घले बन्द गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल