alliance khabar

सोमबार, आश्विन १५, २०८०

गोरखा, १५ असोज : हरेक वर्ष बर्खा लागेपछि गोरखाको सहिद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ का बासिन्दालाई ज्यान नै जोखिममा राखेर लुदीखोला वारपार गर्नुपर्ने बाध्यता वर्षौंदेखिको हो ।

खोलामा झोलुङ्गे पुलसमेत नहुँदा बर्खा लागेपछि त्यस क्षेत्रका बासिन्दालाई वारिपारि गर्नुपरे लौरोको साहायताले खोलाको पानी नापेर वारपार गर्नुपर्ने बाध्यता त सामान्यजस्तै थियो । तर गएको वर्षदेखि लुदीखोलामा पक्की पुल बनेपछि भने वर्षौंदेखि कठिनाइ भोग्दै आएका त्यहाँका बासिन्दालाई अहिले सजिलो भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय लमजुङ र विश्वा बैंकको आर्थिक सहयोगमा लुदीखोलामा पक्की पुल निर्माण भएपछि ज्यान नै जोखिम मोलेर खोला ओहोरदोहोर गर्नुपर्ने बाध्यता अब अन्त्य भएको हो ।

“बर्खामा नदी र खोलामा यसै पनि पानी सतह बढी हुने भएकाले जोखिम हुने नै भयो, गोरखा –८, लक्ष्मीबजारका ६९ वर्षका हर्कबहादुर थापाले भन्नुभयो, “त्यसमाथि लुदीखोलामा त बर्खा लागेपछि वारपारसम्म भेल आउने भएकाले सानो आँटले खोला तर्न सकिँदैन थियो, अहिले पुल बनेपछि धेरै सजिलो भएको छ ।”

पुल नहुँदा पैदलयात्रुलाई मात्र होइन मोटरसाइकललगायतका सवारी साधनसमेत बर्खाका बेलामा जोखिम मोलेर खोलाबाट वारपार गराउन पर्दाको कठिनाइ उस्तै थियो । मेलापात र अर्मपर्म गर्नका लागि मात्र नभएर नजिकको बजार गोरखा सदरमुकाममा पुगेर दैनिक उपभोग्य सामग्री खरिदका लागि ताक्लुङ र आसपासका बासिन्दालाई लुदीखोला वारपार नगरी सुखै थिएन ।

“छोटो र मुख्य बाटो भएकाले पनि घन्टाँै लगाएर घुमेर सदरमुकाम पुग्नुभन्दा अधिकांश मानिस जोखिम मोलेरै खोला वारपार गर्ने गर्दथे ।” अर्का स्थानीयवासी रामचन्द्र ढकालले भन्नुभयो । “बर्खाका बेला घाँटीघाँटीसम्म आउने खोला तरेरै भए पनि काम टार्न प¥थ्यो”, उहाँले भन्नुभयो, “हामी कयौँ पटक लौरोले पानी नापेर पनि खोला वारपार गरियो ।” लुदीखोलामा अहिले २१ दशमलव ७० मिटर लम्बाइ र छ मिटर चौडाइको पक्की पुल निर्माण भए पनि यहाँका बासिन्दाले वर्षांैदेखि भोग्दै आएका समस्या हटेको छ ।

पुल निर्माण भएसँगै गाउँपालिकाभित्र उत्पादन हुने कृषिजन्य सामग्रीको बजारीकरणका लागिसमेत सजिलो भएको सहिद लखन गाउँपालिका–५ ताक्लुङकी सानुमाया परियारले बताउनुभयो । सहिद लखन गाउँपालिकाबाट लुदीखोला हुँदै मुख्य राजमार्ग पृथ्वी राजमार्गसँग जोडिएको सबैभन्दा छोटो बाटो भएकाले पनि लुदीखोलामा पक्की पुल बनेपछि त्यहाँका स्थानीयवासीलाई राजधानी काठमाडाँै, पोखरा, चितवनलगायतका सहर आवतआवतमा समेत छिटो र सजिलो भएको उहाँले बताउनुभयो ।

झोलुङ्गे पुलसमेत नहुँदा यहाँका स्थानीयवासीले बर्खाका समयमा अत्यावश्यक काम खोला तर्नै नसक्ने अवस्थामा लामो दूरी हुँदै घमेर एकदिन नै लगाएर गोरखा सदरमुकाम पुग्नुपर्ने बाध्यतासमेत रहेको थियो । लुदीखोलामा कूल रु तीन करोड ४४ लाख ३१ हजारको लागतमा पक्की पुल निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल