alliance khabar

बुधबार, आश्विन १७, २०८०

हेटौँडा, १७ असोज : मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज बिहान बकैया गाउँपालिका–५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ लगभग दुई सय मिटर तल खस्दा चालक हेटौँडा उपमहानगरपालिका–९ लामसुरेका सिद्धान्त लामाको मृत्यु भएको हो ।

बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले आफ्नै अगाडी गाडी पल्टिएको र तत्कालै उद्धार गरेर चालक लामालाई अस्पताल पुर्‍याउँदा हेटौँडा अस्पतालका चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सोही स्थानका सहचालक प्रेम अधिकारीको अस्पतालमा उपचार भइरहेको छ ।

अध्यक्ष घलानले नेकपा माओवादी केन्द्रको बाग्मती गाउँपालिका अध्यक्ष अरुण बल, पालिकाका कृषि शाखाप्रमुख वीरेन्द्र समालसहित हेटौँडा जाँदै गर्दा उक्त गाडी खसेपछि प्रहरी चौकी गरगरेमा जानकारी गरी उद्धारमा खटिएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दूध लिनका लागि हेटौँडाबाट बकैया गाउँपालिकातर्फ गइरहेको गाडी ओरालोमा अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल