Alliancekhabar

बिहिबार, साउन ११, २०८०

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कार्डवाहक ग्राहकलाई छुट प्रदान गराउने उद्देश्यले दुईवटा रेस्टुरेन्टसँग सम्झौता गरेको छ । बैंकले काठमाडौंको टंगालमा रहेको अप्रिकस क्याफे, ठमेल, पोखरा र सानेपामा आउटलेट हरेको मोमोतारु रेस्टुरेन्टसँग सम्झौता गरेको हो ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहकले अप्रिकस क्याफेमा ५ प्रतिशत छुट पाउने जनाइएको छ । त्यस्तै, मोमोतारु रेस्टुरेन्टका ठमेल, सानेपा र लेकसाइड पोखरा आउटलेटमा १५ प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुकासाथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

बैंकले हाल देशभरमा एक सय ८८ शाखा, एक सय ४७ एटिएम तीन विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल