Alliancekhabar

बिहिबार, साउन ११, २०८०
मोरङ,११ साउन । नियन्त्रित लागूऔषधसहित केही व्यक्तिहरु पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभिन ५ सय ७६ ट्याब्लेट, निट्रोसन १ सय ट्याब्लेट र डाइलेक्स डिसी २ बोतलसहित सुनसरी धरान उपमहानगरपालिका–१८ बस्ने ३१ वर्षीय दिवस लिम्बुलाई  बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ६५४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमुनी लुकाई ल्याएको उक्त नियन्त्रित लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।
सप्तरी, बोदेबर्साईन नगरपालिका–५ सत्रुध्न चौकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० पीससहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खडक नगरपालिका–४ पन्सेरा बस्ने २२ वर्षीय राजु चौधरी र सोही ठाउँ बस्ने २४ वर्षीय मुकेश कुमार चौधरी रहेका छन् । प्र–२–०१–००२ प ९८५४ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल