Alliancekhabar

बिहिबार, कार्तिक २३, २०८०

हुम्ला, कात्तिक २३ गते । चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा पहिलो पटक आँखा शिविर सन्चालन भएको छ । एक दिन सञ्चालन भएको उक्त शिविरबाट दश जना ७० वर्ष माथिका ज्येष्ठ नागरिकको मोतिया बिन्दुको शल्यक्रिया सफल भएको छ भने अन्य आँखा र सामान्य बिरामीको समेत उपचार गाउँमै चिकित्कसले गर्नु भएको हो ।

लिमी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गोर्ख भण्डारीले विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविरमा दश जना ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया सफल भएको र अन्य ६३ जनाको आँखाको उपचार भएको बताउनुभयो । शल्यक्रिया गरिएका ज्येष्ठ नागरिकहरू भने यसअघि आँखा नदेख्ने अवस्थामा रहेकोमा यस पटकको शिविरपछि आँखा दान पाएको उहाँले बताउनुभयो ।

त्यसैगरी ५६ जना अन्य रोगका बिरामीहरुको उपचार शिविरका क्रममा भएको उहाँले बताउनुभयो । शिबिरसंगै लिमी पुग्नु भएका गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले यसअघि दुई पटक लिमीमा आँखा शिविर सञ्चालन गर्ने कार्यक्रम तय गरिएको भए पनि हिमपातले गर्दा नसकिएको तर यस पटक कात्तिक महिनामा लक्ष्य पुरा भएको बताउनुभयो । उहाँले सहजै कोही पनि आउजाउ गर्न सम्भव नहुने लिमीमा वर्षौँदेखि आँखाको रोगको समस्या भोग्दै आएका ज्येष्ठ नागरिकहरूको समाधान भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल