कार्तिक २७ , काठमाडौ । आज बसेको मन्त्री परिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णयको चर्को विरोध भएको छ । पछिल्लो समय युवादेखी सबै उमेर समुहमाझ टिकट लोकप्रिय प्लेटफर्मको रूपमा विकसित भएको छ ।
सरकारले सामाजिक सद्भाव बिगार्न, उछृङ्खल गतिविधि र राष्ट्रियता कमजोर बनाउने काममा टिकटकको दुरुपयोग भएकोले बन्द गर्नुपरेको जनाएको छ ।
सरकारको यश निर्णयपछि क- कसले के भने ?
गगन कुमार थापा – महामन्त्री , नेपाली कांग्रेस
टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ।
सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।
रवि लामिछाने – सभापति , राष्ट्रिय स्वतन्त्र पार्टी
सामाजिक संजाललाई नियमन गर्ने हो, बन्द गर्ने होईन। समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होईन। अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्।प्राविधिक रुपमा खराब लाई कन्ट्रोल गर्न सकिन्छ। टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ। के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त? यो निर्णय गर्ने सत्ता धारी दल कै कयौं नेताहरु भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त? मुलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरु सामाजिक संजालबाट उदाए, मुलधारले लुकाएका कयौं समाचार सामाजिक संजालले उजागर गरे, सामाजिक संजालले फैलाएका कयौ अफवाहलाई मुलधारले फेक प्रमाणीकरण गरे। आजको युगमा सोसियल मिडियाको बिकल्प सुधारिएको (Better, Improved and Disciplined ) सोसियल मिडिया हो।
सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरुको बिरोधको अर्थ चाहिँ बुझिएन। के यो निर्णय माओवादी केन्द्रको मात्रै हो?
विश्व प्रकाश शर्मा – महामन्त्री , नेपाली कांग्रेस
#गर्धनमा_पिलो_आयो_भने_गर्धननै_काट्ने_प्रधानमन्त्रीज्यु ?
कि जोखिम रहित उपचार खोज्ने ? #टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लेउ l
१) आज #टिकटक बन्द, भोलि फेसबुक बन्द, पर्सि कसैले भनिदेला लोकतान्त्रिक शासन प्रणालीले देश बिग्रीयो भनेर तब के गर्ने लोकतान्त्रिक प्रणालीनै भंग गरिदिने ? सरकार स्पष्ट होस्, राज्यले `स्वच्छन्दता´ नियन्त्रण गर्ने हो `स्वतन्त्रता´ नियन्त्रण गर्ने होइन !
२) सामाजिक-धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको शुसासनले हुने हो l सामाजिक संजाललाई आत्मानुशासनमा कसरी ल्याउने, खुला छलफल गरौं l तार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौं !
३) सामाजिक द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ त्यही व्यक्तिको टिकटक बन्द गर, No comment l तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र #टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ l
४) #टिकटक मनोरञ्जनको साझा स्टेज बनेको छ l कलाकार जन्माएको छ l Live बाट कयौंले कमाएका छन् l व्यवसाय प्रवर्द्धन गरेका छन् l कयौंले सकारात्मक सम्प्रेषण गरेका छन् l दुरुपयोग जो जसले गरे, तिनलाई निरुत्साहित र नियन्त्रणको कडा बिधि बनाउ l
#तर_टिकटक_बन्दको_निर्णय_अविलम्ब_फिर्ता_लेउ !
विष्णु रिमाल – नेता, एमाले
सरकार—-
कन्टेन्ट ‘ब्लक’ गर्ने हैन, नियमन गर।
छनौट आधारित प्लेटफर्म मात्र बन्द गर्ने हैन,
अभिव्यक्तिमा नियन्त्रण हैन,
त्यसमा रहेको अराजकतामा नियन्त्रण गर !
कमल थापा – अध्यक्ष , राप्रपा नेपाल
टिकटक बन्द गर्ने सरकारको निर्णय गलत, प्रतिगामी र सर्वसत्तावादी सोचको उपज हो।यो आपत्तिजनक निर्णय तत्काल फिर्ता गरियोस्।
टिकटकले सूचना र ज्ञानको सम्प्रेषणका साथै जनसाधारणको असिमित लुकेको प्रतिभा प्रस्तुत गर्ने अवसर दिएको छ।
दुरुपयोग नियमन गरिनुपर्दछ प्रविधि बन्द गर्नु हुँदैन ।
कमल थापा – अध्यक्ष , राप्रपा नेपाल
टिकटक बन्द गर्ने सरकारको निर्णय गलत, प्रतिगामी र सर्वसत्तावादी सोचको उपज हो।यो आपत्तिजनक निर्णय तत्काल फिर्ता गरियोस्।
टिकटकले सूचना र ज्ञानको सम्प्रेषणका साथै जनसाधारणको असिमित लुकेको प्रतिभा प्रस्तुत गर्ने अवसर दिएको छ।
दुरुपयोग नियमन गरिनुपर्दछ प्रविधि बन्द गर्नु हुँदैन ।
हर्क साम्पाङ , मेयर – धरान उपमहानगर
ठुला दलहरू आफ्नो गलत कामहरूको पोल खोल्ने डरले बिस्तारै सञ्चारको माध्यमहरुलाई बन्द गर्ने पहिलो कदमको शुरूवात हो ।
बबिता बस्नेत , सञ्चारकर्मी
अहिले टिकटक आयो, भोलि अरुनै टक आउछ, प्रबिधिको तिब्रतालाई हामी रोक्न सक्ने अवस्थामा छैनौं । सरकारले सामाजिक संजाल या कुनैपनि मिडियालाई नियन्त्रण या बन्देज होइन नियमन गर्ने हो । केहि ब्यक्तिले दुरुपयोग गरे भनेर सबैको अभिव्यक्ति स्वतन्त्रता हनन गर्नु कुनैपनि अर्थमा सहि होइन । यो त औंलामा घाउ भयो भनेर हातै काटे जस्तो भयो । हात काटने होइन, औंलाको उपचार गरौं ।
स्रोत : सामाजिक सञ्जाल