Alliancekhabar

शनिबार, मंसिर ०२, २०८०

काठमाडौं, मङ्सिर २ : काठमाडौँ महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शनिबार पण्डित निष्ठानन्दको सालिक परिसर नःबहिल, ओमबहालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

विश्व मधुमेह दिवस, २०२३ को अवसरमा आयोजित निःशुल्क शिविरको अवलोकनका लागि काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको उपस्थिति रहेको थियो । शिविरको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उपप्रमुख डंगोलले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी रहेको भन्दै बेलैमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मधुमेह लगायतका रोग जीवनशैलीसँग जोडिने रोग भएकाले सबै सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाल मधुमेही समाजको विशेष कार्यक्रमअन्तर्गत आज हामी संस्थामा नै भिजिट गर्न आएका छौँ । काठमाडौँ महानगरपालिकाले पनि नेपाल मधुमेह समाजसँग सहकार्य गरी थुप्रै कार्यक्रम गरिरहेका छौँ । अहिले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी देख्न सक्छौँ । यस्ता रोग जीवनशैलीसँग जोडिएको रोग हो । यस्तोमा मान्छेलाई सचेत गराउनुपर्छ ।’’

यस वर्ष ‘जोखिम बुझौँ, सजगता अपनाऔँ’ भन्ने नारासहित विश्व मधुमेह दिवस मनाइँदैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल