Alliancekhabar

मंगलबार, मंसिर ०५, २०८०

काठमाडौं, मङ्सिर ५  : दक्षिणपन्थी लिबर्टी एडभान्स गठबन्धनका जाभियर माइलीले अर्जेन्टिनाको राष्ट्रपति पदमा अर्थमन्त्री सर्जियो मास्सालाई पराजित गर्नुभएको निर्वाचन प्राधिकरणको प्रारम्भिक नतिजाले देखाएको छ ।

आधिकारिक नतिजा आउनुअघि नै हार स्वीकार गर्दै मासाले आगामी चार वर्षका लागि देशको राष्ट्रपति हुने माइलीलाई बधाई दिनुभएको हो । सरकारले जारी गरेको आधिकारिक तथ्याङ्क अनुसार ८६.५९ प्रतिशत मतगणनामा माइलीले ५५.९५ प्रतिशत मत ल्याउनुभएको छ भने मास्साले ४४.०४ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

आइतबार भएको मतदानमा ७६.३९ प्रतिशत मतदान भएको थियो । माइली वर्तमान राष्ट्रपति अल्बर्टो फर्नान्डेजको उत्तराधिकारी हुनेछन् र डिसेम्बर १० मा चार वर्षको कार्यकालका लागि पदभार ग्रहण गर्ने तयारी छ । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल