Alliancekhabar

शुक्रबार, मंसिर १५, २०८०

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको प्रदेशस्तरीय सम्मेलन पुस ७ गते काठमाडौमा गर्ने निर्णय गरेको छ ।

कांग्रेसको बागमती प्रदेश कार्य सम्पादन समितिको बैठकले पहिलो सम्मेलन काठमाडौंमा पुस ७ गते गर्ने निर्णय गरेको हो ।

सभापति इन्द्रबहादुुर बानियाँको संयोजकत्व तथा प्रदेश समितिका सबै पदाधिकारी सदस्य रहेको सम्मेलन आयोजक मूल आयोजक समिति गठन गरिएको छ ।

राजनीतिक प्रस्ताव तयारी उपसमिति संयोजकमा उपसभापति चन्द्र महर्जन, आर्थिक व्यवस्थापन उपसमिति संयोजकमा उपसभापति मोहन बस्नेत, साङ्गठनिक प्रस्ताव तयारी उपसमिति संयोजकमा महामन्त्री कन्चनचन्द्र वादे तथा सहयोजकमा सहमहामन्त्री ऋषिराम घिमिरे र आगामी वर्षको कार्यक्रमको कार्यतालिका (क्यालेण्डर) तयारी उपसमिति संयोजकमा महामन्त्री राजु श्रेष्ठ तथा सहसंयोजकमा सहमहामन्त्री जीवन डङ्गोललाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।

बैठकले आर्थिक प्रतिवेदन तयारी उपसमितिमा कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, सम्मान उपसमितिमा सहमहामन्त्री ऋषिराम घिमिरे, खाना व्यवस्थापन उपसमितिमा सहमहामन्त्री हरिशरण श्रेष्ठ, स्वागत उपसमितिमा सहमहामन्त्री जीवन डङ्गोल र प्रचारप्रसार उपसमिति संयोजकमा प्रवक्ता तिलक रुवाली रहने गरी तोकेको छ ।

पहिलो सम्मेलनमा सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता हुनेछन् । देउवाले नै सम्मेलनको उद्घाटन गर्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल