Alliancekhabar

शुक्रबार, मंसिर १५, २०८०

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति समेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणाले पार्टीको पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा महासमिति बैठकमा कुरा उठाउने बताएकी छिन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति डा.राणाले कांग्रेस पदाधिकारीमा महिलाको संख्या न्यून रहेको बताइन् । उनले यस विषयमा आगामी महासमिति बैठकमा कुरा उठाइने बताएकी छिन् ।

उनले भनिन्, ‘पार्टीको पदाधिकारीदेखि विभिन्न विभागमा कम्तीमा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ भन्ने हाम्रो विगतदेखिकै माग हो र यसबारे हामीले समय–समयमा आवाज पनि उठाउँदै आएका छौँ ।’

डा.राणाले महिलाका लागि विशेष निर्वाचन क्षेत्रको व्यवस्था हुनुपर्ने माग गरेकी छिन् । उनले विशेष निर्वाचन क्षेत्रका लागि सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने बताएकी छिन् ।

राजनीतिक क्षेत्रमा रहेका महिलाबीच एकापसमा सहकार्य र समन्वय हुनु जरुरी रहेको डा.राणाको भनाइ छ । उनले एक महिलाले अर्को महिलालाई सहयोग नगरेका कारण कतिपय महिला पछाडि परेको बताएकी छिन् ।

उनले महिलाले आफ्ना अधिकारका विषयमा कुरा उठाउन छाड्न नहुने बताएकी छिन् । अधिकारका लागि निरन्तर आवाज उठाएमा मात्रै परिवर्तन आउने सभापति डा.राणाले बताएकी छिन् ।

डा.राणाले मुलुक संघीय शासन प्रणालीमा गएसँगै देशमा ठूलो परिवर्तन आएको बताएकी छिन् ।

संघीय लोकतान्त्रिक प्रणालीमा नै महिलाका हक र अधिकारको सुनुवाइ हुने भन्दै डा.राणाले अधिकारको संरक्षणमा महिला लाग्नुपर्ने बताइन् ।

उनले महिलालाई आपत् पर्दा जाने ठाउँ निकै थोरै भएको बताएकी छिन् । डा.राणाले भनिन्, ‘महिला आयोगमा सबै महिलाको पहुँच पुग्दैन र जान पनि सक्दैनन् तर उनीहरू आपत् पर्दा कहाँ जाने ? यस विषयमा हामी सबै पार्टीका महिला नेत्रीहरूले पनि समन्वय र सहयोग गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल