Alliancekhabar

शुक्रबार, मंसिर १५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद हेरफेर गर्ने हल्लासँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी निकै खुसी भएका छन् ।

मन्त्रिपरिषद हेरफेरको हल्लासँगै महानिर्देशक अधिकारी निकै हौसिएका छन् । अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेकपा (एकीकृत समाजवादी)को भागमा पार्न सबै मूल्य चुकाउँछु भनेर हल्लाखल्ला गरेको प्राधिकरणका एक उच्च कर्मचारीले बताएका छन् ।

महानिर्देशक अधिकारीले प्रेम आले वा धनबहादुर बुढालाई पर्यटनमन्त्री बनाउन दौडधुपमा लागेका चर्चा छ । महानिर्देशक अधिकारीको सम्बन्ध पूर्वमन्त्रीद्वय आले र बुढासँगको सम्बन्ध के हो धेरैले रहस्यका साथ हेरेका छन् । अधिकारी, आले र बुढा बिज्नेश पार्टनर हुन् भनेर प्राधिकरणभित्र बेलाबेला चर्चा पनि हुने गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँती र महानिर्देशक अधिकारीबीच बाहिर देखावटी रुपमा मिलापत्र भएको जस्तो देखिए पनि भित्र ठूलो द्वन्द्व र खाडल छ । महानिर्देशक अधिकारीले प्रधानमन्त्री दाहालकी छोरी गंगा दाहाललाई खुसी बनाएका छन् । गंगाले नै अधिकारीलाई संरक्षण गर्दै आएको पर्यटन मन्त्रालयभित्र हल्लाखल्ला छ ।

महानिर्देशक अधिकारी मन्त्री किराँतीलाई असफल बनाइ गलहत्याएर मन्त्री पदबाट फाल्न सकिन्छ की भनेर ठूलो प्रयासमा छन् । किराँती पनि निकै जब्बर भएर बसेका छन् ।

मन्त्री पद फुत्कियो भने पनि किराँतीलाई कुन मतलब छैन । महानिर्देशक अधिकारीलाई चयनका साथ बस्न नदिने अडानमा मन्त्री किराँती छन् ।

महानिर्देशक अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन र अनुसन्धान अगाडि बढाएपछि मन्त्री किराँतीले राहतको श्वास लिएका छन् । महानिर्देशक अधिकारीविरुद्ध अख्तियारमा उजुरीहरूको चाङ छन् । महानिर्देशक अधिकारीलाई अख्तियारका आयुक्त जयबहादुर चन्दले संरक्षण गर्दै आएका छन् ।

सन्तोषलाई जम्ला

महानिर्देशक अधिकारीले जुम्लामा एयरपोर्ट स्तरोन्नतिको नाममा जग्गा अधिकरणको काम अगाडि बढाएका छन् ।

जग्गा अधिग्रहणका बेला राम्रो कमाइ हुन्छ । कमाइ हुने भएपछि महानिर्देशक अधिकारीले आफ्ना विश्वासपात्र सन्तोष अधिकारीलाई जुम्ला एयरपोर्टमा खटाएको स्रोतले जनाएको छ । महानिर्देशक अधिकारीले जुम्लापछि हुम्लाको एयरपोर्टलाई सूचीमा राखेका छन् ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहणका क्रममा अनियमितताका ठूला काण्डहरू बाहिर आएका थिए । संयोग नै मान्नुपर्छ पोखरा र भैरहवा विमास्थल बनाउँदा आयोजना प्रमुख अहिलेका महानिर्देशक अधिकारी नै थिए ।

भैरहवा र पोखरा विमानस्थलको हाल कस्तो छ ? सबैलाई जानकारी छ । पोखरा विमानस्थलको कागज पत्र अख्तियारले कब्जा गरेर छानविन अगाडि बढाएको छ । भैरहवाको अवस्था पनि पोखराको भन्दा फरक छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल