Roshan Pokharel

मंगलबार, मंसिर १९, २०८०

काठमाडौं – वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति १९ वर्षीय युवा गायक आयुष्मान बिष्टले ‘के यो माया हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रोमाण्टिक भर्सनको यस गीतमा सिद्धान्त खड्काको शब्द,संगीत रहेको छ।

म्युजिक भिडियोमा स्वयम् गायक बिष्ट र शिल्पा थापाको अभिनय रहेको छ। श्रीजन रावलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। विकाश दाहालको भिडियोमा सम्पादन रहेको छ। पुष्पान्जली थापा बिष्ट निर्मात्री रहेको भिडियोलाई अनुप चापागाईको निर्देशनमा तयार पारिएको हो।

‘मेरो कलिलो मन’ गीत बाट गायक बिष्टले आफ्नो संगीतको यात्रालाई औपचारिकता दिएका थिए। वरिष्ठ गायक जगत मर्दन थापाको ‘माया लुकाइ लुक्दैन’ एल्बमको बिमोचन कार्यक्रममा गायक तथा गितारिस्टको रुपमा प्रस्तुत भएका उनले गोपाल योन्जनको ७४औ जन्म जयन्तीको अवसरमा बिस २०७३सालमा ‘बनेको छ पहराले यो छाती मेरो’ बोलको गीतमा धमाकेदार प्रस्तुति दिएका थिए।

२०७४ सालको कार्यक्रममा चेतन कार्कीको ‘कान्छी हे कान्छी’ गीतमा वान्स मोर प्रस्तुति दिएर उनले दर्शक स्रोताको मन जितेका थिए। बरिष्ठ गायक जगत मर्दन थापाको ‘म मक्किएको धुरी खाबो’ गीति एल्बमको बिमोचन कार्यक्रममा गायन तथा गितारिस्टको रुपमा धमकादार प्रस्तुतिले मन्त्र मुग्ध पार्न सफल भएका गायक बिष्टले सानै उमेरमा प्रतिष्ठित गायकहरुसग स्टेज सेयर गरिसकेका छन्। यसअघि गायक बिष्टको ‘पोखरेली नानी’ दर्शक स्रोता माझ लोकप्रिय छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल