alliance khabar

शुक्रबार, पौष ०६, २०८०

कर्णाली, ६ पुस : कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति २०८०-८५’ सार्वजनिक गरेको छ । सामाजिक विकास मन्त्रालयले यहाँका ७९ स्थानीय तहका प्रमुख/अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु, सरोकारवाला सबै क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आँखा स्वास्थ्य रणनीति सार्वजनिक गरेको हो ।

कार्यक्रम प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले यो आँखा स्वास्थ्य रणनीति तयार हुनु नै उपलब्धिको विषय भएको बताउनुभयो । “आँखा संवेदनशील अङ्ग हो, बचाउन संयम हुनुपर्दछ । यसैका लागि बनेको रणनीति कार्यान्वयनमा लैजान विशेष जोड दिनुपर्दछ,” उहाँले भन्नुभयो, “रणनीतिमा समावेश गरिएका विषयवस्तुहरुमा केन्द्रित भएर काम गर्नुपर्दछ । जसले यहाँका जनताको आँखा स्वास्थ्य सेवामा उल्लेख्य भूमिका खेलोस् ।” उहाँले रणनीतिले लिएको ध्येय, लक्ष्य र उद्देश्य पूरा हुने गरी काम गर्न स्थानीय तह, प्रदेश सरकार, अर्ध सरकारी, साझेदार निकायसहित सबै सरोकारवालाहरुको उत्तिकै दायित्व रहेको बताउनुभयो ।

मन्त्रालयका सचिव भोजराज शर्मा काफ्लेले आँखा स्वास्थ्यसम्बन्धी बनेका कर्णाली प्रदेश रणनीतिले यहाँका नागरिकको आँखा जोगाउन विशेष मद्दत पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दस्तावेज एउटा साधन हो साध्य होइन । यसलाई पूर्णता दिन हामीले प्रयोगमा ल्याउनुपर्दछ र नागरिकलाई अनुभूति हुने गरी कार्यान्वयन गर्नुपर्दछ ।” उहाँले बृहत् आँखा स्वास्थ्य सेवालाई स्वास्थ्य सेवाको मूलधारमा एकीकृत गर्दै हरेक तहबाट गुणस्तरीय एवं प्रभावकारी स्वास्थ्य उपलब्ध गराउने उद्देश्यले रणनीति तयार भएको जनाउनुभयो ।

कार्यक्रममा आँखा स्वास्थ्यको ग्लोबल, राष्ट्रिय तथा प्रादेशिक सिनारियोका बारेमा परामर्शदाता डा अनिल सुवेदीले आफ्नो प्रस्तुति राख्नुभयो । त्यस्तै, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुर्खेतका निर्देशक डा शक्तिप्रसाद सुवेदीले कर्णाली प्रदेशको आँखा स्वास्थ्य रणनीतिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल