काठमाडौँ । आजदेखि नेपाली कांग्रेसको “समुदायमा कांग्रेस” अभियान सुरु भएको छ।
शहीद दिवसको अवसर पारेर काङ्ग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुवात गरेको हो।
अभियान अन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ। २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरुले जनताका कुरा सुन्नेछन् तर औपचारिक कार्यक्रम भने हुने छैन।
अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि र सातवटै प्रदेशमा शीर्ष नेताहरू खटाइएको छ। यसअघि एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा निर्वाचनका कारण कांग्रेसले छोट्टयाएको थियो।
यही अभियान अन्तर्गत महामन्त्री गगनकुमार थापाले हुलाकी राजमार्ग वरपरका जिल्लामा “संवाद यात्रा” सुरु गरिसक्नुभएको छ।