Alliancekhabar

मंगलबार, साउन २३, २०८०

रहाको लहान नगरपालिकाले गर्भवतीलाई पोषिलो खानेकुरा वितरण गरेको छ । सोमबार नगरको वडा नं १९ का ५५ जना गर्भवतीलाई पोषणको लागि चामल, दाल, नुन, तेल, मटर र चानासहित खाद्यान्न वितरण गरिएको हो ।

नगरप्रमुख महेशप्रसाद चौधरी हरेक महिनाको २२ गते गर्भवतीलाई खाद्यान्न वितरण गर्दै आउनुभएको छ । जन्मिने नवजात शिशु स्वास्थ्य रहोस् भनेर यो कार्यक्रम लागू गरिएको उहाँले बताउनुभयो । “गर्भवती तथा सुत्केरी अवस्थामा साविकभन्दा बढी पोषिलो खाना र सरसफाइमा बढी ध्यान दिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “पोषिलो खाना र सरसफाइमा गर्भवती तथा घरपरिवारका महिलाको ध्यान पुगोस् भनेर पोषिलो खाद्यान्न वितरण गरिएको हो ।”

सहजरूपले आयआर्जन गर्न नसकेका गर्भवतीका लागि केही हदसम्म भए पनि राहत मिलेकोे नगरप्रमुख चौधरीले बताउनुभयो । सधैँ आश्वासनमात्र बोकेर आउने जनप्रतिनिधि यसरी पोषिलो खानेकुरा लिएर आएकामा स्थानीय गर्भवतीले खुसी व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल