alliance khabar

बिहिबार, फाल्गुण १०, २०८०

जुम्ला, १० फागुन : जुम्लाको सिञ्जा गाउँपालिकाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा पालिकाको नराकोट स्वास्थ्य चौकीमा बुधबार सञ्चालन भएको पाठेघर तथा क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षण शिविरबाट दुई सय ५० जनाले स्वास्थ्य जाँच गरेका छन् ।

यहाँका महिलाको स्वास्थ्य तथा पाठेघर जाँचसम्बन्धी स्वास्थ्य शिविर पालिकाले स्वास्थ्य चौकीमै सञ्चालन गरेको हो । शिविरमा पाठेघरसम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले राससलाई जानकारी दिनुभयो । सिञ्जाका स्थानीयबासीलाई गुणस्तरीयता स्वास्थ्य सेवा दिनका लागि विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य शिविर गाउँ केन्द्रित गरिने उहाँले बताउनुभयो ।

स्वास्थ्य शिविरमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्नेलगायतको समस्या भेटिएको छ । कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलामा प्रजनन स्वास्थ्यप्रति चेतनाको कमीका कारण पाठेघरमा सङ्क्रमण भएर क्यान्सर हुने जोखिम हुने गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले बताउनुभयो ।

स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सर जाँच गरिएका एक सय ४६ जना महिलामा पाँचजनाको पाठेघरमा ‘रिङ’राखिएको छ । तीनजनालाई सर्जरी गर्नुपर्ने देखिएको छ । स्वास्थ्य परीक्षणबाट पाँचजनालाई क्यान्सर भएको शङ्का गरिएको छ । तीनजनामा क्यान्सर सङ्क्रमणको लक्षण देखिएको प्रमुख रोकायाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल