काठमाडौँ/ २० चैत । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्।
०६५ साल वैशाख १५ गते कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा फरार रहेका माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ परेका हुन्।
जिल्ला प्रहरी काठमाडौँ परिसरको टोलीले आज मंगलबार दिउँसो काठमाडौँकै ठमेलबाट पक्राउ गरेको परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए। खत्रीका अनुसार कालीबहादुर १५ वर्षयता प्रहरीको फरार सूचीमा थिए। उनी माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य पनि हुन्।