alliance khabar

मंगलबार, बैशाख १८, २०८१

डोल्पा, १८ वैशाख :

हिमाली जिल्ला डोल्पाबाट सङ्घ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गर्नुभएको छ । सङ्घ प्रदेश गरेर तीनवटा निर्वाचन क्षेत्र रहेको डोल्पाबाट निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गर्नुभएको हो ।

कर्णाली प्रदेश सरकारमा मात्रै डोल्पा जिल्लाबाट दुई मन्त्री नियुक्त हुनुभएको छ । मङ्गलबार भएको मन्त्रिपरिषद् विस्तारमा एउटै जिल्लाबाट सत्ता गठबन्धन दलबाट प्रतिनिधित्व हुने गरी दुई मन्त्री नियुक्त हुनुभएको छ ।

डोल्पा जिल्ला प्रदेश क बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शेरबहादुर बुढा भौतिक पूर्वाधारमन्त्री र प्रदेश ख बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का सांसद वीरबहादुर शाही सामाजिक विकासमन्त्री नियुक्त हुनुभएको छ ।

शाही दोस्रो पटक मन्त्री हुनुभएको हो । उहाँ यसअघि पनि उद्योग पर्यटन वन तथा वातावरणमन्त्री भई सक्नुभएको छ । डोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित सांसद धनबहादुर बुढा यसअघि सङ्घीय सरकारमा एकीकृत समाजवादीबाट सहरी विकासमन्त्री भइसक्नुभएको छ ।

एउटै जिल्लाबाट सङ्घीय सरकारमा एक र प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएपछि जिल्लामा सडक पूर्वाधारलगायतका विकासले गति लिने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल