alliance khabar

शनिबार, बैशाख २९, २०८१

अहिले आँपको मौसम हो । बजारमा जताततै आँप किन्न पाइन्छ । पाकेको आँप खान नरुचाउने मानिस विरलै भेटिन्छन् ।

खान स्वादिलो हुनुका साथै आँपमा प्रशस्त प्रोटिन, भिटामिन, कार्वोहाइड्रेट पाइन्छ । यसका अतिरिक्त आँपमा हुने एन्टी अक्सिडेन्ट तत्वले छालालाई नरम तथा आकर्षक बनाउन मद्दत गर्छ । यो पोषिलो तथा गुनिलो भएकै कारणले यसलाई फलफुलको राजा पनि भन्ने गरिन्छ ।

विशाक्त बन्यो आँप

आँप हाम्रो शरीरका लागि निकै लाभदायक हुँदाहुँदै पनि यसमा प्रयोग हुने विषाक्त तत्वप्रति उपभोक्ता सचेत हुनुपर्छ । खासगरी आँप पकाउनका लागि ‘कार्वाइड’ नामक रसायनको अधिक प्रयोगका कारण यो स्वास्थ्यका लागि हानीकारक मानिएको हो ।

कार्वाइड मा आर्सनिक तथा फोस्फोरसको मात्रा बढी हुन्छ । यसले शरीरमा अल्पकालीन तथा दिर्घकालीन असर पुर्‍याउँछ । अल्पकालीन समस्यामा वान्ता हुने, झाडापखाला, पेटको जलन, अनिद्रा आदी पर्दछन् । त्यसैगरी दीर्घकालीन समस्यामा पेटको अल्सर, बिर्सने समस्या, क्यान्सर, घाँटीको समस्या इत्यादी पर्दछन् ।

आँप कसरी छान्ने ?

यस्ता समस्याका कारण हिजोआज आँप पारखीहरुले आँप छान्दा होस पुर्‍याउनुपर्ने देखिन्छ । अहिले बजारमा पाइने आँपमध्ये कुन विषादीयुक्त छ र स्वाभाविक तरीकाले पाकेको हो भनेर जान्न निकै आवश्यक छ ।

कालो-कालो दाग लागेको आँप नकिनेको खण्डमा मात्र पनि विषादीयुक्त आँपबाट बच्न सकिन्छ । उनका अनुसार प्राकृतिक रुपमै पाकेको आँप सबैतिर एकनासको हुन्छ । रसायनरहित आँप भेट्नोबाट पाक्दै अर्थात् पहेलो हुँदै जान्छ । यस्ता आप थिच्नासाथ लचिलो हुन्छ र एकनासले दबिन्छ ।

जबकी रसायन तथा विषाक्तयुक्त आँपमा जताततै कालो-कालो थोप्ला देखिन्छ । यस्ता आँप कतै पुरै पाकेको तथा कतै काँचै रहन्छ । हरियो भए पनि सबैतिर हरियो रहँदैन । पहेँलो भएको ठाउँ थिच्नासाथ पिचिक्कै जान्छ । कुनै-कुनै आँप त एकातिर हरियो हुन्छ भने अर्को छेउ कुहिनै लागिसकेको हुन्छ ।

अझ अधिक मात्रामा औषधि प्रयोग गरिएको आँप हरियो हुँदै किन्दा समेत किनेको एक/दुई दिनभित्रै कुहिन सुरु गर्छ । यस्ता आँपको गन्ध पनि कडा हुन्छ । कसै कसैलाई यसको कडा गन्धले वाकवाकी नै लाग्न थाल्छ । विभिन्न लक्षणका बाबजुद यस्ता आँप खानाले घाँटी चिलाउने, कोक्याउने लगायतका समस्या देखा पर्छन् ।

बजारका आँप कसरी खाने ?

यसबाट बच्न सर्वप्रथम त त्यस्ता आप नकिन्नु नै बुद्धिमानी हुन्छ । किनिहालेको खण्डमा त्यसलाई रातभरी भिजाएर खाएमा त्यसमा रहेका विषाक्त नष्ट हुन्छ । त्यस्तै भेनेगर, कागति अथवा चुक जस्ता अमिलो पदार्थमा २/३ घण्टासम्म डुवाएर खाएमा पनि त्यसमा भएका विष नष्ट हुन्छ ।

त्यसैगरी अन्य फलफुल तथा तरकारीलाई पनि यसैगरी जाँचेर खाएमा त्यसमा भएका विषाक्त तत्व नष्ट हुन्छ । कुनै पनि फलफुललाई रातभरी पानीमा भिजाउँदा त्यसमा भएका भिटामिन, प्रोटिन लगायतका पोषणयुक्त तत्व नष्ट हुनसक्ने आशंका धेरैमा हुन सक्छ । तर, कुनै पनि फलफुललाई भिजाउँदा वा पानीमा केही समयका लागि डुवाउँदा पोषकतत्व नष्ट हुदैन ।

सिंगै फलफुल तथा तरकारी भएमा त्यसलाई रातभरी पानीमा डुबाएर खानु उपयुक्त हुन्छ भने काटेको फलफुल तथा तरकारीलाई २/३ घण्टा पानीमा डुवाएर खाँदा फाइदाजनक हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल