alliance khabar

शुक्रबार, जेठ ११, २०८१

काठमाडौँ, जेठ ११ गते

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसका नेतामाथि लगाइएको आरोपमाथि छानबिन गर्न चुनौती दिनुभएको छ।

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि-स्टेटको जग्गामा काँग्रेसले कमिसन खाएको आरोप लगाएको भन्दै सो विषयमा छानबिन समिति बनाउन चुनौती दिनुभएको हो।

उहाँले नेपाली काँग्रेसका नेता छानबिनको दायरामा आउन तयार रहेको बताउनुभयो। उहाँले गृहमन्त्री रवि लामिछानेले काँग्रेसका नेतामाथि संसदमा बोलेरै आरोप लगाउनुभएको भन्दै त्यसमा सबैमाथि छानबिन गर्न आफूहरु तयार रहेको बताउनुभयो।

उहाँले काँग्रेस पार्टी सभापतिदेखि महामन्त्रीसम्म र दाजुदेखि भाउजूसम्म छानबिन गर्न तयार रहेको भन्दै कसलाई छानबिन गर्ने हो भन्दै प्रश्नसमेत गर्नुभयो। उहाँले प्रत्येक व्यक्तिमाथि नाम, थर, गोत्र, वजन, ठेगाना सबै लेखेर छानबिन गरेपनि आपत्ति नभएको बताउनुभयो।

महामन्त्री शर्माले वर्तमान सत्तारुढ गठबन्धनलाई सहकारी बन्धु गठबन्धन भएको टिप्पणी गर्नुभयो। एमालेले रास्वपालाई सहकारी प्रकरणमा साथ दिने र रास्वपाले एमालेलाई गिरिबन्धु प्रकरणमा साथ दिने सहमतिका साथ यो गठबन्धन अगाडि बढिरहेको उहाँले बताउनुभयो।

उहाँले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रक्राउ गरिएकोप्रति पनि विरोध जनाउनुभयो। सिरोहियाले नागरिकता प्रकरणको छानबिनमा सहयोग गर्न तयार रहेको कुरा सार्वजनिक रुपमा भन्दाभन्दै गिरफ्तार गरिएको भन्दै गृहमन्त्रीमाथि असन्तुष्टि व्यक्त गर्नुभएको हो।

उहाँले गृहमन्त्री रवि लामिछाने संलग्न सहकारी प्रकरणको कान्तिपुरले श्रृङ्खलावद्ध रुपमा समाचार प्रकाशित गरेपछि बदला स्वरुप सिरोहियालाई पक्राउ गरिएको बताउनुभयो। उहाँले गृहमन्त्रीमाथि दुईवटा पासपोर्ट प्रयोगको अभियोगमा छानबिन हुनुपर्ने बताउनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल