alliance khabar

शुक्रबार, जेठ १८, २०८१

हेटौँडा, जेठ १८ गते ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारको नीति तथा कार्यक्रमका आधारमा सहमतिअनुसार आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट आउने बताउनुभएको छ ।

उहाँले बागमती प्रदेशका नागरिकको ईच्छा र आकांक्षालाई समेट्नेगरी नीति तथा कार्यक्रम आएको भन्दै प्रदेशलाई समृद्ध बनाउनेगरी नीति तथा कार्यक्रम आएको दावी गर्नुभयो ।

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारले विपक्षी दललाई बाहिर राखेर बजेट बनाउन नसक्ने बताउनुभयो ।

उहाँले सहमतीमा बजेट आउने र सबैको मागलाई समेटेर बजेट ल्याइने बताउँदै प्रतिपक्षी दललाई नसमेटी बजेट नआउने बताउनुभयो । सामाजिक क्षेत्र शिक्षा, स्वास्थ्य युवा खेलकुद, दलित, महिलाका क्षेत्रमा नीति तथा कार्यक्रममा समृद्ध ढङ्गले आएको जिकिर गर्दै मुख्यमन्त्री जम्कट्टेलले शिक्षामा सुधार गर्नु सबैको दायित्व भएको चर्चा गर्नुभयो । शिक्षामा नयाँ सोचका साथ प्रदेश सरकार अगाडि बढेको बताउँदै उहाँले थप पाँच वटा अस्पताललाई प्रादेशिक अस्पतालमा समेटिने बताउनुभयो ।

नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरु सुरजचन्द्र लामिछाने, सुरेन्द्रराज गोसाई, सिर्जना सायजु, रामकृष्ण चित्रकार, आशा लामा, श्यामबहादुर खड्का, समिता खड्गी, लक्ष्मी घिमिरे र प्रभात तामाङले संशोधन प्रस्ताव राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल