alliance khabar

आइतबार, आषाढ ०९, २०८१

सेन्ट भिन्सेन्ट, असार ९ गते ।

बङ्गलादेशमाथि सानदार जित निकाल्दै भारत आइसिसी टी-२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ । सुपर आठअन्तर्गत एन्टीगुवास्थित सर भिभिएन रिचार्ड्स स्टेडियममा शनिबार राति भएको खेलमा भारतले बङ्गलादेशलाई ५० रनले हरायो ।

सुपर आठमा लगातार दोस्रो जितसँगै भारतले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अघिल्लो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो ।

जितसँगै सुपर आठको समूह ‘ए’ मा रहेको भारत चार अङ्कसहित शीर्षस्थानमा छ । एक खेलबाट दुई अङ्क बनाएको अष्ट्रेलिया दोस्रो स्थानमा छ । लगातार दोस्रो हार खेपेको बङ्गलादेशको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा हार खेपेको अफगानिस्तान पनि अङ्कबिहिन छ ।

जितका लागि भारतले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको बङ्गलादेश निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४६ रनमा समेटिएको थियो ।

बङ्गलादेशका लागि कप्तान नाज्मुल हसन सान्टोले सर्वाधिक ४० रन बनाउनुभयो । यस्तै तान्जिद हसनले २९, ऋषाद होसेनले २४, लिटन दास र महमुदुल्लाहले समान १३/१३ तथा साकिब अल हसनले ११ रन बनाउनुभयो ।

बलिङमा भारतका कुलदीप यादवले तीन विकेट लिनुभयो । अर्शदिप सिंह र जसप्रित बुम्राहले समान दुई दुई तथा हार्दिक पाण्डेयले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९६ रन बनाएको थियो ।

भारतका लागि हार्दिक पाण्डेयले सर्वाधिक ५० रन बनाउनुभयो । यस्तै विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिभम् दुबेले ३४ र कप्तान रोहित शर्माले २३ रन जोड्नुभयो ।

बलिङमा बङ्गलादेशका तान्जिम हसन सकिब र ऋषाद होसेनले दुई दुई विकेट लिनुभयो । साकिब अल हसनले एक विकेट झार्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल