alliance khabar

मंगलबार, आषाढ ११, २०८१

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले १५औँ महाधिवेशनबाट केन्द्रीय सभापतिलाई ८० प्रतिशत मनोनयन गर्ने अधिकार दिने गरी विधान संशोधन गर्न प्रस्ताव गरेका छन् ।

मंगलबार काठमाडौंमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले भने, ‘त्यस कारणले १५औँ महाधिवेशन भन्दा अगाडि नेपाली कांग्रेसको विधान संशोधन गरेर अब आउने दिनमा नेपाली कांग्रेस व्यवहारिक र वैज्ञानिक पार्टी बन्छ ।’

‘कांग्रेसले आफ्नो विधानसँग सँगै मुलुकको संविधान संशोधन हुन्छ । युवा नेता र अनुभवी नेताहरूले नेतृत्व दिनुपर्छ । नेपाली कांग्रेसका सभापतिले जनजातिलाई प्राथमिकता दिनुभएको छ’, उनले भने, ‘नेपाल तरुण दलको अध्यक्ष जनजाति, नेविसंघको अध्यक्ष जनजाति ।’

उनले भने, ‘अब आउने एउटा महासमितिले बैठकले विधान संशोधन गरेर नेपाली कांग्रेसको केन्द्रीय सभापतिको चुनाव हुने, केन्द्रीय सभापति जित्नेले ८० प्रतिशत मनोनीत गर्न पाउने, निकटतम प्रतिद्वन्द्वीलाई २० प्रतिशत सम्बोधन गर्ने र सबै पदको निर्वाचन हुनु हुँदैन ।’

‘वडादेखि केन्द्रसम्म निर्वाचन सभापतिको हुने । अरु भ्रातृ संगठन तोक्ने केन्द्रीय समितिले केन्द्रको तोक्ने । जिल्ला समितिले जिल्लाको तोक्ने, प्रदेश कार्यसमितिले प्रदेशको तोक्ने । वडाले वडाको तोक्ने । यसरी गर्ने हो भने पार्टीभित्र एकता हुन्छ’, सभापति बानियाँले भने ।

‘पार्टीभित्र धेरै चुनाव गर्दा लोकतन्त्र कमजोर हुन्छ । लोकतन्त्र आज किन कमजोर भइरहेको छ ?’, सभापति बानियाँले भने ।

उनले भने, ‘अधिवेशन नगर्ने । हरेक वर्ष सम्मेलन गर्ने । भ्रातृ संगठनको अध्यक्ष एक वर्षको लागि तोक्ने । राम्रो काम गरे केन्द्रीय कार्यसमितिले परिपत्र गरेर काम गर्न दिने । अब कांग्रेस त्यो ढाँचाले जानुपर्छ ।’

‘हरेक ठाउँमा निर्वाचन गर्ने हो भने गुट उपगुटले तहस नहस हुनेछ । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन गर्ने, राष्ट्रिय सभा पूर्ण समानुपातिक बनाउनुपर्छ’, उनले भने ।

सभापति बानियाँले भने, ‘युवा नेताहरूलाई भन्न चाहन्छु कांग्रेस भ्रातृ संठगनहरूको अधिवेशन गरेर आउँदा धेरै गुट र उपगुट जन्मिन्छन् । त्यो गुट उपगुट पार्टीभित्र सल्किन्छ । नेविसंघ, तरुण दल, महिला संघ, जनजाति संघमा यो गुट उपगुट सल्किन्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल