alliance khabar

मंगलबार, आषाढ १८, २०८१

सर्लाही, असार १७ गते ।

मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री उर्मिलादेवीसिंह चौधरी सर्पले डसेको आशङ्कामा १२ घण्टासम्म अस्पताल भर्ना भएर सोमबार दिउँसो डिस्चार्ज हुनुभएको छ ।

ईश्वरपुर नगरपालिका ९ रामनगर निवासी मन्त्री सिंह नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा १२ घण्टा चिकित्सकको निगरानीमा रहेर घर फर्किनुभएको हो । उहाँलाई घरमा सुतिरहेका बेला सोमबार बिहान २ः५० बजेतिर केही जिवले हातमा टोकेको थियो ।

अँध्यारोमा के ले टोक्यो भनी देख्न नपाएपछि सर्पले डसेको आशङ्कामा तत्काल नवलपुरस्थित सर्पदंश उपचार केन्द्र पुग्नुभयो । नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज जग्गनाथ यादवले मन्त्री सिंहलाई १२ घण्टा ‘अब्जरभेसन’ मा राखेर घर पठाएको जानकारी दिनुभयो ।

उहाँले मन्त्री सिंहको शरीरमा कुनै विषालु जीवले टोकेको लक्षण नदेखिएपछि एन्टी स्नेक भेनम नचढाइ निगरानीमा मात्र राखेर घर पठाइएको बताउनुभयो । डिस्चार्ज भएर घर फर्किनुभएको मन्त्री सिंहले आफूलाई प्रदान गरेको सेवाप्रति अस्पताल र चिकित्सकलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उहाँले आफै आएर अस्पताल भर्ना हुँदा यहाँको समस्याबारे जानकार भएको भन्दै प्रदेश सरकारमा पहल गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । नवलपुरको सर्पदंश उपचार केन्द्रमा विशेषज्ञ र केही उपकरणको अभावमा लामो समयदेखि भेन्टिलेटर र आइसियु थन्काएर राखिएको छ । जसका कारण सर्पले डसेर गम्भीर अवस्थामा ल्याइएको बिरामीको उपचार हुन सकिरहेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल