Alliancekhabar

बुधबार, आषाढ १९, २०८१

धनगढी, असार १९ गते : सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बिच छलफल भएको छ ।

केन्द्रमा कांग्रेस एमालेको नयाँ सत्तासमीकरण बन्न थालेपछि प्रदेशमा पनि नयाँ सरकार गठनको कसरत हुन थालेको हो । कांग्रेसको संसदीय दलका नेता कमलबहादुर शाह र एमालेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलबिच छलफल भएको छ ।

केन्द्रमा भएको दुई दलका शीर्ष नेताबिचको सहमति अनुसार प्रदेशमा पनि नयाँ सरकार गठनका लागि छलफल भएको निवर्तमान मन्त्री एवम् कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाले जानकारी दिनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशमा विकास र सुशासन दिने गरी सरकार गठन गर्ने विषयमा दुवै नेताबिच छलफल भएको बताउनुभयो ।

छलफल सौहार्दपूर्ण र सकारात्मक रहेको प्रदेश सभा सदस्य देउवाको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा अहिले एमालेसमेतको सहभागिता रहेको नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी नेतृत्वमा चार दल सम्मिलित सरकार रहेको छ । कांग्रेस, एमालेको संसदीय दलका नेताको छलफलले मुख्यमन्त्रीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिने निर्णय गरेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्ने गर्दछ । कांग्रेसका १८ र एमालेका ११ गरी दुई पार्टीका प्रदेश सभा सदस्य सङ्ख्या २९ पुग्ने गरेको छ । जुन बहुमतभन्दा बढी हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल