Alliancekhabar

शुक्रबार, आषाढ २१, २०८१

अत्तरिया, असार २१ गते : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई नेकपा [एमाले]ले दिएको समर्थन फिर्ता लिइएको छ । एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन बुधवार साँझ फिर्ता लिएको हो ।

नेकपा [एमाले]बाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा  दिनुभएको हो । नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिएको बताउनु भयो । उहाँले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको  बताउनुभयो । उहाँले भन्नुभयो ।

सुदूरपश्चिम प्रदेश सरकार अव अल्पमतमा परेको छ  भने उता नेपाली काँग्रेस र एमाले नयाँ सरकार गठनको लागि छलफलमा जुटेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल