Alliancekhabar

मंगलबार, आषाढ २५, २०८१

काठमाडौँ :   पौष्टिक खानाले शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन मद्दत गर्ने चिकित्सकहरूको भनाइ छ । विभिन्न अध्ययनले स्वथ्यकर खानेकुराले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखाएको छ ।

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले मानसिक तथा शारीरिक रूपमा स्वस्थ रहन स्वस्थकर खानेकुरा खान आग्रह गर्नुभयो । उहाँका अनुसार पेट सफा  भए मात्र शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन सकिन्छ ।

पेट सफा राख्न पोषणयुक्त स्वस्थकर खानेकुरा आवश्यक पर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पेट, मानसिक र शारीरिक स्वास्थ्य एकापसमा सम्बन्धित हुन्छन् । पेट स्वस्थ भएमा विभिन्न मानसिक, नसर्ने तथा सरुवा रोगबाट बच्न सकिन्छ ।”

पेट अस्वस्थ भएमा मस्तिष्क अस्वस्थ हुने उहाँको तर्क छ । उहाँका अनुसार दिमागमा आनन्द दिने तत्त्व पेटबाट निस्कने गर्छ । उहाँ भन्नुहुन्छ, “वैज्ञानिक अनुसन्धानले मस्तिष्कमा आनन्दको अनुभूति प्रदान गराउने सेराटोनिन भन्ने तत्त्व ८० देखि ९० प्रतिशतसम्म पेटबाट निस्कने पुष्टि गरेको छ । त्यसैले पेट स्वस्थ भए मात्र मानसिक स्वास्थ्य राम्रो हुन्छ ।”

पेट स्वस्थ भएमा विभिन्न मानसिक, नसर्ने तथा सरुवा रोगबाट बच्न सकिन्छ ।

दालभात तरकारी, अचार, मही, दही, ढिँडो, भटमास, चनाको सातु, कागतीपानी जस्ता स्वास्थ्यकर खानेकुरा खाँदा पेट स्वस्थ हुने उहाँको भनाइ छ । त्यस्तै उहाँले बालबालिकालाई पनि सानैबाट घरमा नै बनाएका स्वस्थकर खानेकुरा खुवाएर शारीरिक र मानसिक रूपमा तन्दुरुस्त बनाउन आग्रह गर्नुभयो ।

चाउचाउ, बिस्कुट, पाउरोटी, चिजबल, बट्टाका जुसजस्ता अस्वस्थकर खानेकुरामा रेसादार तत्त्व र सूक्ष्म पोषण तत्त्व कम हुने हुँदा पेटका जीवाणु अस्वस्थ भई बालबालिकाहरू सर्ने तथा नसर्ने रोगका सिकार हुने उहाँको भनाइ छ ।

यस्ता खाना एकछिन स्वादिलो भए पनि आन्द्रा, मुटु, कलेजो खराब गर्ने उहाँ बताउनुहुन्छ । सानो बच्चालाई बजारमा पाउने सेरेलेक खुवाउनुभन्दा घरमा नै बनाएको लिटो, जाउलो खुवाउन उहाँको सुझाव छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल