alliance khabar

शनिबार, आषाढ २९, २०८१

ताप्लेजुङ, असार २९ गते । 

यसवर्षको ताप्लेजुङ गोल्डकप–२०८१ आगामी भदौ ३ गतेदेखि आयोजना हुने भएको छ । लाखेजात्राको अवसरमा खेलाइने दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकप भदौ ३ देखि १० गतेसम्म आयोजना हुने भएको हो ।

लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता सदरमुकाम फुङ्लिङमा सञ्चालन हुने छ । शुक्रबार बसेको समितिको बैठकले गोल्डकप आयोजना गर्ने निर्णय गर्दै प्रतियोगितालाई यसवर्ष विगतमाभन्दा थप व्यवस्थित र विशिष्ट बनाउनेगरी तयारीमा लाग्ने निर्णय भएकोसमेत समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

समिति अध्यक्ष गुरुङका अनुसार यस पटकदेखि गोल्डकप प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने विषयमा छलफल भएको छ । प्रतियोगितालाई विशिष्ट बनाउन नेपालका नाम चलेका ‘ए’ डिभिजन क्लबहरुलाई आमान्त्रण गर्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो ।

यसअघि ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताका विजेताले तीन लाख ११ हजार १११ र उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ राशीको नगद पुरस्कार पाउँदै आएका थिए । यसवर्षदेखि पुरस्कार राशी कति वृद्धि गर्ने भन्ने विषयमा समितिको अर्को बैठक बसेर निर्णय गरिने अध्यक्ष गुरुङको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल