Alliancekhabar

बुधबार, साउन ०९, २०८१

बुटवल, साउन ९ गते : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसबाट आठजना बिना विभागीय मन्त्रीहरुले बुधवार बिहान पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो । लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय पाएका छन् ।

मन्त्रीहरुको शपथ लिनेहरुमा नेकपा (एमाले) बाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा रहनुभएको छ । यसैगरी नेपाली कांग्रेसबाट चार जनाले शपथ लिनुएको छ । शपथ लिनेमा गुल्मीबाट धनेन्द्र कार्की, प्युठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी हुनुहुन्छ ।

आज बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका सबै मन्त्रीलाई भोलिसम्ममा  मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ । लुम्बिनीमा एमाले र कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमाले लुुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

८७ सदस्यीय प्रदेश सभामा माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक–एक गरी १३ सांसद मात्र विपक्षमा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल