alliance khabar

शनिबार, साउन १२, २०८१

ताप्लेजुङ, साउन १२ गते।

ताप्लेजुङबाट एकतिस जनाले नेपाली नागरिकता त्याग गरेका छन्। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट नेपाली नागरिकता प्राप्त गरेका उक्त सङ्ख्यामा यहाँका नागरिकले नागरिकता त्याग गरेका हुन्।

जिल्ला प्रसाशन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईका अनुसार नेपाली नागरिकता लिएका हालसम्म ३१ जनाले त्याग गरेका हुन्। नागरिकता ऐन २०६३ जारी भएपछि नागरिकता प्राप्त गरेका नेपाली नागरिकले नागरिकता त्यागेका सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो।

उहाँकाअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा पाँच जनाले नागरिकता त्यागेका छन्। गत आवभन्दा अघि २६ जनाले नेपाली नागरिकता त्याग गरेका थिए। नेपाली नागरिकता त्याग गर्नेमध्ये अधिकांश बेलायत, हङ्कङ र भारत सहितका देशमा बसोबास गर्दै आएका छन्। नेपाल बाहिर बसोबास गर्दै आएकाले नेपाली नागरिकता प्रमाणपत्र त्याग गर्नुपरेको उनीहरुले कारण उल्लेख गरेका छन्।

यता गत आवमा जिल्ला प्रशासन कार्यालयबाट तीन हजार ७२६ जनालाई नागरिकता वितरण गरिएको छ। जसअनुसार छ जनालाई गैर आवासीय नागरिकता, १३ जनालाई वैवाहिक अङ्गीकृत र बाँकी तीन हजार ७०३ जनालाई बंशजको आधारमा नेपाली नागरिकता प्रदान गरिएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो। उहाँकाअनुसार गत आवमा दुई हजार ६४६ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल