alliance khabar

मंगलबार, साउन १५, २०८१

काठमाडौँ, साउन १५ गते ।

हुलास स्टिल इन्डस्ट्रिजले विद्युत् प्रसारण लाइनमा प्रयोग हुने ठुला क्षमताको विद्युतीय पोल उत्पादन गर्ने भएको छ । यसका लागि पर्सा जिल्लाको बेल्वा नगरपालिकामा एक अर्ब रुपियाँभन्दा बढी लगानीमा हुलास स्टिलको दोस्रो युनिट स्थापना गरी आवश्यक उपकरण जडान गरिसकेको कम्पनीले जनाएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

दिवाकर गोल्छा अर्गनाइजेसन अन्तर्गत स्थापित उद्योगको सो युनिटमार्फत वार्षिक करिब ६० हजार मेट्रिक टन यस्ता पोल उत्पादन हुने हुलास स्टिल इन्डस्ट्रिजका निर्देशक हिमांशु गोल्छाले जानकारी दिनुभयो । उद्योगबाट १३ मिटर अग्ला पोल, स्टिल टावर, हाइमास्ट पोल, पेनस्टक पाइपलगायतका सामग्री उत्पादन गरिने उहाँले बताउनुभयो । “हामीले अत्याधुनिक प्रविधियुक्त र सबैभन्दा ठुलो ग्याल्भनाइजिङ प्लान्टहरू जडान गरेका छौँ,” उहाँले भन्नुभयो, “यसबाट बर्सेनि करिब १० अर्ब रुपियाँको यस्ता सामग्री आयात प्रतिस्थापन गर्ने र सात सय रोजगारी सिर्जना हुने अपेक्षा छ ।” उद्योग उत्पादनको तयारीको अवस्था रहेको जानकारी दिँदै उहाँले माग आए तत्काल सुरु गर्ने बताउनुभयो ।

नेपालमा विद्युत् पूर्वाधार विस्तारका लागि ट्रान्समिसन टावर तथा वितरण लाइन निर्माणमा आवश्यक हुने यस्ता सामग्री छिमेकी मुलुक भारतलगायत अन्य मुलुकबाट भन्सार महसुल, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुटमा आयात भइरहेको छ । स्वदेशी उद्योगले सोही प्रकृतिका वस्तुहरू उत्पादन गर्नका लागि आयात गर्ने कच्चा पदार्थमा भन्सार, अन्तःशुल्क र मुअकर गरी ३५५ सम्म राजस्व तिर्नुपर्ने अवस्था रहेकाले त्यसलाई हटाउन आवश्यक रहेको निर्देशक गोल्छाले बताउनुभयो ।

“आयात प्रतिस्थापन, रोजगारी सिर्जना, विदेशी मुद्राको बचत र राजस्व वृद्धिलगायत मेक इन नेपालको अवधारणालाई सार्थक बनाउने आँट गरेका छौँ,” उहाँले भन्नुभयो, सरकारले प्रवर्धनात्मक दृष्टिकोण राखेर प्रतिस्पर्धी क्षमता बढाउने अपेक्षा छ ।”

दिवङ्गत दिवाकर गोल्छाको स्मरणमा चौथो संस्थापक दिवसका अवसरमा सो उद्योगको उद्घाटन गरिएको हो । अर्गनाइजेसन अन्तर्गत विभिन्न स्थानमा कर्कट जस्तापाता तथा पाइप, जुट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टिल युटेन्सिल, जिआई, आल्मुनियम, कप्पर वायर तथा इलेक्ट्रोनिक्स वस्तुहरू उत्पादन गर्ने उद्योग सञ्चालित छन् । हुलास स्टिल्सले पहिलो पटक ४३ वर्षअगाडि समिरामा उद्योग स्थापना गरी उत्पादन थालेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल