Alliancekhabar

शनिबार, भाद्र ०२, २०८०

गण्डकी, २ भदौ :  आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता तयार भएको छ ।

कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता–२०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासङ्घ कास्की शाखालाई हस्तान्तण गरेको हो । आचारसंहिता कोसिसका परियोजना संयोजक सुदीप घिमिरेले महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलाई हस्तान्तरण गर्नुभयो ।

सरोकारवालाबीच विभिन्न चरणमा छलफलपछि आचारसंहिता तयार गरिएको कोसिसका परियोजना संयोजक घिमिरेले बताउनुुभयो । आचारसंहिता तयार गर्न कोसिससँग वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले कानुनी सहजीकरण गर्नुभएको थियो । सन् २०२१ मा कास्कीमा आत्महत्या दर बढी देखिएपछि कोसिसले कास्कीलाई कार्यक्षेत्र बनाएर काम गरेको घिमिरेले बताउनुभयो ।

सञ्चार माध्यममा प्रकाशन÷प्रसारण हुने समाचार कारण आत्महत्या गर्नेलाई प्रशय पाएको भेटिएपछि पत्रकार आचारसंहिता आवश्यक ठानी यसको निर्माण प्रक्रिया सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

आत्महत्याका समाचार सनसनीपूर्ण नबनाउने, सूचनालाई प्रमुख स्थान नदिने र बारम्बार नहो¥याउने, सूचनाको विस्तृत विवरण नदिने वा नखुलाउने, फोटो, भिडियोको प्रकाशन र प्रसारणमा ध्यान दिने, विशेष व्यक्तिवा सेलीब्रेटीको आत्महत्या रिपोर्टिङमा विशेष ध्यानदिने, गोपनीयता हकको सम्मान र विश्वसनीय जानकारी एवं स्रोत नखुलाउने जस्ता विषय आचारसंहितामा समेटिएको बताउँदै उहाँले यसको कार्यान्वयनले आत्महत्यादर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष भण्डारीले आचारसंहिता पुनः एकपटक पढेपछि कार्यान्वयनमा लैजाने बताउँदै कास्कीसँगै केन्द्रलाई पनि पालनाका लागि आग्रह गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल