Alliancekhabar

आइतबार, साउन २०, २०८१

बैतडी, साउन २० गते : कमाउने अभिभावक नै क्यान्सर रोग लागेर थला परेपछि बालबच्चासहित परिवार भोकै बस्न बाध्य भएका छन् । त्यसमाथि गत वर्ष असोजमा गएको भूकम्पले ओत लाग्ने घर भत्काइदिएको छ ।

सिगास गाउँपालिका –३, घकुराडी बस्ने रघुवीर साउँदको जीवनमा यति ठूलो वज्रपात परेको छ कि चुलो बाल्न वृद्ध आमाको सामाजिक सुरक्षा भत्ता कुर्नुपरेको छ ।

परिवारका सदस्य वृद्ध आमाले पाउने भत्ता कुरेर बसेका छन् । हजुरआमाको भत्ता आएपछि मात्र खाना पाइने गरेको १२ वर्षीय नाति दीपक साउदले  बताउनुभयो । क्यान्सर पीडित रघुवीर साउदको घरमा ६० वर्षीय एकल वृद्धआमा भागा साउद, श्रीमती बेलमती साउद, १५ वर्षीय छोरी भावना, १२ वर्षीय दीपक, ८ वर्षीय आयुष र ४ वर्षका भुवन साउद गरी सात जनाको परिवार छ ।

क्यान्सर पीडित रघुवीरलाई डाक्टरले दुबै खुट्टाका औंलामा क्यान्सर लागेकाले चाँडै काट्नुपर्ने सल्लाह दिएका छन् । अस्पताल जाने खर्च नभएको रघुवीरले पीडा सुनाउँदै भन्नुभयो, “कमाउने हातमा क्यान्सर भएपछि परिवारका सदस्यको बिचल्ली भयो ।”

बालबच्चाले भोक लाग्यो भन्दा पकाएर खुवाउन चामल नभएको श्रीमती बेलमतीले पीडा सुनाउनुभयो । छिमेकीले खाना दिएको दिन मात्र बालबालिका विद्यालय जाने गरेको उहाँले बताउनुभयो ।

“गरिबको आफ्नो भन्ने कोही छैन,” आँसु खसाल्दै बेलमतीले भन्नुभयो, “गएको असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले घर चर्किएको छ । कमाउने श्रीमानकाे खुट्टामा क्यान्सर लागेपछि थला पर्नुभएको छ । घरमा खाने अन्न छैन । दुर्गम गाउँमा भारी बोक्ने काम पनि पाइँदैन । भोक लाग्यो भन्दै बालबच्चा रुन्छन् । कोसँग पीडा पोख्ने ?”

भूकम्पले घर चर्किपछि गाउँपालिकाले राहतस्वरुप दिएको ४० हजार रुपियाँले कर्कटपाता किनेर ल्याए पनि चर्किएको घर पुनःनिर्माण गर्ने परिवारको आर्थिक हैसियत छैन । राहत रकमबाट किनेको टिन काठको खामोमा मिलाएर परिवारका सदस्य चिसो भुइँमा सुत्ने गरेको ६० वर्षीय वृद्ध आमा भागा साउदले बताउनुभयो ।

भूकम्प र क्यान्सर पीडित परिवारको दयनीय अवस्था देखेर छिमेकीले बालबच्चालाई खाना दिने गरेको स्थानीय प्रकाश साउदले बताउनुभयो । गाउँका हुनेखाने परिवार सबै तराई झरेपछि गाउँका कोही अब आर्थिक हैसियत राम्रो नभएको उहाँले बताउनुभयो ।

गाउँमा कुनै रोजगारी नहुँदा सिगासका अधिकांश घरपरिवार भारतमा ज्याला मजदुरी गरेर जिवीका चलाउँदै आएका छन् । रघुवीर साउद पनि यसअघि भारतमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आउनुभएको थियो । भूकम्पले घर भत्काएका बेला रघुवीर भारतमा ज्याला मजदुरी गरेर खुट्टाको उपचार गर्दै हुनुहुन्थ्यो ।

सुरुमा बायाँ खुट्टाको बुढी औंलामा क्यान्सर देखापरेपछि औंला काटेर घर फर्किदा अहिले दायाँ खुट्टामा पनि क्यान्सर रोग देखापरेको रघुवीरले बताउनुभयो । उपचार गर्न सहयोग गर्ने मनकारी भेटिए खुट्टा काटेर भए पनि बाँच्ने रहर भएको रघुवीरले दुःखेसो पोख्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल