Alliancekhabar

सोमबार, साउन २८, २०८१

खोटाङ, साउन २८ गते  । गाउँमा युवा नभएपछि खोटाङमा सुत्केरी महिला र बच्चालाई स्वास्थ्यकर्मीले नै बोकेर घर पु-याइदिएका छन् । अहिले गाउँका अधिकांश युवा वैदेशिक रोजगारले सहर वा विदेश पुगेका छन् । गाउँमा बुढापाका र महिला मात्र बाँकी हुँदा स्वास्थ्य संस्थाबाट सुत्केरी महिला बोकेर घरसम्म ल्याउने युवाको अभाव छ ।

खोटेहाङ गाउँपालिका–८, सिमपानीको डिहीगाउँ अदुवाबारीकी रमिला विश्वकर्माले स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिनुभयो तर घर फर्कने व्रmममा स्ट्रेचरमा बोक्ने मान्छे पाइएनन् । जसकारण स्वास्थ्यकर्मीको टोलीले आमा र बच्चालाई घरसम्म पु-याउने निर्णय गरे । स्वास्थ्यकर्मीलाई केही जनप्रतिनिधिले पनि साथ दिएपछि स्ट्रेचरमा बोकेर रमिला र नवजात शिशुलाई घर पु-याइदिएको स्वास्थ्य चौकीले जनाएको छ । हाल गाउँका प्रायः सबै ग्रामीण सडक पहिरोले अवरुद्ध छन् ।

टुवा खोला नजिक पर्ने अदुवाबारीबाट स्वास्थ्य चौकी पुग्न उकालो तीन घण्टा हिँड्नु पर्छ । फर्कंदा भने ओरालो दुई घण्टामा पुगिन्छ । जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीले तीन घण्टा लगाएर रमिलालाई घरमा पु-याएर फर्किएको सिमपानी स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक नवराज राईले बताउनुभयो । स्वास्थ्य चौकी सिमापानीमा सुत्केरी भएकी रमिलालाई वडाध्यक्ष चन्द्रबहादुर थापा, वडा सदस्य कमला राउत, स्वास्थ्य चौकीका प्रमुख राई, अहेब सविता पराजुली, अनमी ममता खत्री बस्नेत, बबिता राईलगायतले स्ट्रेचरमा बोकेर घरसम्म पु-याएको बताइएको छ ।

रमिलाको श्रीमान् मजदुरी गर्न दिल्ली पुगेका छन् । रमिला गर्भजाँचका लागि साउन २३ गते एक्लै स्वास्थ्य चौकी पुग्नुभएको थियो । उहाँलाई सुत्केरी व्यथा सुरु भइसकेकाले स्वास्थ्य चौकीमै राखेर घरमा सासूससुरालाई फोन गरेर बोलाएको स्वास्थ्य चौकी प्रमुख राईले बताउनुभयो । रमिलाले साउन २४ गते पहिलो सन्तान छोरीलाई जन्म दिनुभएको हो । ससुरा र जेठाजुले मात्रै सुत्केरी र बच्चालाई घर लैजान सक्ने अवस्था नभएपछि वडा सदस्य र स्वास्थ्यकर्मीसँग सल्लाह गरेर घर पु-याएको वडाध्यक्ष चन्द्रबहादुर थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल