alliance khabar

बिहिबार, साउन ३१, २०८१

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको हो।

आजको बैठकमा केन्द्रीय समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने कार्यक्रम रहेको छ। गत शुक्रबारदेखि जारी बैठकमा नेतृत्वको विकल्प,विचार संश्लेषण,पार्टी निर्माण लगायत विषयमा नेताहरूले खुलेर बहस गरिरहेका छन्।

स्थायी समिति बैठकमा पार्टीभित्रका समस्या र समाधानका विषयमा छलफल हुँदै आएको छ। कतिपय नेताहरुले अध्यक्ष प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाउँदै नेतृत्वमा उनको विकल्पसमेत खोजेका छन्।

उपमहासचिव जनार्दन शर्माले लिखित धारणा राख्दै अध्यक्ष प्रचण्डको विकल्पमा तेस्रो पुस्ताका युवालाई नेतृत्व दिनुपर्ने प्रस्ताव राखेका थिए।

त्यसका लागि हालको केन्द्रीय समिति भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनको बाटो अपनाउनुपर्ने शर्माको प्रस्ताव छ।

बैठकमा धारणा राख्ने अन्य नेताहरुले पनि नेतृत्व र नेताहरुको कार्यशैलीमा प्रश्न उठाएका छन्।साथै पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने लगायतका आवाज पनि बैठकमा उठेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल