काठमाडौं , भाद्र -२।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूसँग छलफल गर्नुभएको छ ।
शनिबार बुढानिलकण्ठस्थित निवासमा कांग्रेसबाट मन्त्री बनेका सबै मन्त्रीहरूलाई बोलाएर आन्तरिक छलफल गर्नुभएको हो। जनताको कामलाई पहिलो प्राथमिकतामा राखेर सरकारलाई सफल बनाउन देउवाले मन्त्रीहरूलाई निर्देशन समेत दिनुभएको छ ।
मन्त्रीहरूसँगको छलफलमा कांग्रेसका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।
कांग्रेसबाट उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह , गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसादको उपस्थित रहेको थियो।
अजयकुमार चौरसिया कानून, न्याय तथा संसदीय मामिला, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या, रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकास, दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइ, ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री , राज्यमन्त्रीमा रूपा विक वन तथा वातावरण र पूर्णबहादुर तामाङ ऊर्जा राज्यमन्त्रीको उपस्थिति रहेको थियो।