alliance khabar

शनिबार, भाद्र ०८, २०८१

म्याग्दी, भदौ ८ गते ।

न्यु दोभान युवा क्लबको आयोजनामा आयोजित तेस्रो दोभान कप अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ ।

शनिबारदेखि बेनी बजारको खुलामञ्चमा आयोजित प्रतियोगिताको पहिलो खेलमा बेनी बजारको न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय र बेनी सामुदायिक माध्यमिक विद्यालयबिच उद्घाटन खेल भएको छ ।

प्रतियोगितामा देशभरबाट सहभागिता जनाउन पाइने भए पनि यस पटक ६ वटा विद्यालयले मात्र सहभागिता जनाएको क्लबका अध्यक्ष उपेन्द्र गिरीले जानकारी दिनुभयो । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने उहाँले जानकारी गराउनुभयो ।

क्लबका अध्यक्ष अनन्त गिरीको स्मृतिमा आयोजित प्रतियोगितामा पहिलो हुनेले ४५ हजार रुपियाँ नगद, दोस्रो हुनेले २५ हजार रुपियाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा अनुशासित टिमलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल