alliance khabar

शनिबार, भाद्र ०८, २०८१

काठमाडौँ, भदौ ८ गते ।

गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेले तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा भएको बस दुर्घटनाका घाइतेसँग भेट गर्नुभएको छ ।

शुक्रबार भारतीय पर्यटक सवार बस मर्स्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनामा परी घाइते नागरिकहरुलाई भेट्न आजै नेपाल आउनुभएका राज्यमन्त्री खडसेसँग गृहमन्त्री लेखकले अस्पतालमा नै बिरामीहरुको अवस्था बुझ्ने क्रममा भेट गर्नुभएको हो ।

 

 

भेटमा उहाँले दुर्घटना लगत्तै नेपाली सेना र नेपाल प्रहरीले चाँडोभन्दा चाँडो उद्धार गरेका कारण थप मानवीय क्षति हुन नपाएको बताउनुभएको थियो । साथै राज्यमन्त्री खडसेले छिटो उद्धार गरेर केही नागरिकको ज्यान बचाउने काम गरेको भन्दै नेपाल सरकार र उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीलाई धन्यावाद दिनुभएको थियो ।

बिरामीहरुको उपचार राम्रोसँग भइरहेको र केही घाइते बाहेक अन्यको स्वास्थ्य अवस्थामा राम्रो सुधार आएको गृहमन्त्री लेखकले बताउनुभयो । उहाँले त्यही क्रममा राज्यमन्त्री खडसेसँग पनि भेट भएको र मृतकहरुको शव भारत पठाउने विषयमा पनि छलफल गरिएको जानकारी दिनुभयो ।

भदौ ७ गते शुक्रबार बिहान करिव ११ः३० बजे सडकमा अनियन्त्रित भई मर्स्याङदी नदी किनारामा भारतीय पर्यटक बोकेको बस खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल